• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

मोरङमा इन्सेक द्वारा लैंगिक हिंसा, मानवअधिकार र कानुनी शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

img

न्युज 1नेपाल सम्वाददाता
मंसिर २३, मोरङ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगंगा गाउँपालिकाको आयोजनामा मोरङको बुढीगंगा गाउँपालिका वडा नं १ मा सचेतनामूलक अमिुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार आयोजित ‘लैङ्गिक हिंसा, मानव अधिकार, कानूनी शासन’ विषयक अभिुमखीकरणमा लगभग ६० जना महिला पुरुषको सहभागिता रहेको थियो।कार्यक्रमको सहजीकरण गर्नुहुँदै इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले सबै प्रकारका हिंसा अन्त्य गर्न महिलाको राजनीतिक, सामाजिक र सांस्कृतिक सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित हुनुपर्ने बताउनु भयो । पोखरेलले स्वतन्त्रता, समानता, मर्यादित जीवन र समन्यायको प्रवर्धनका लागि विभेद र हिंसाका कारक तत्व  पहिचान गरेर समाधान गर्न सदैव प्रयत्नशील रहनु पर्नेमा जोड दिनुभयो ।
इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालका संयोजक तथा सहजकर्ता देबी बाँस्कोटाले सबै प्रकारका असमानताको अन्त्य गर्दै सबै वर्गलाई समान न्याय र अधिकार प्रदान गरी प्रगतिशील, शान्त र समतामूलक समाजको निर्माण गर्नु जरुरी रहेको बताउनु भयो । सदियौँदेखि आफन्त, घरपरिवार र समाजबाटै विभिन्न खाले शारीरिक, मानसिक तथा भौतिक हिंसा खेप्दै आएका महिला अहिलेको डिजिटल युगमा समेत हिंसामा परिरहेकोले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने दायित्व सबै मिलेर निर्वाह गर्नुपर्ने बताउनु भयो ।
अभिमुखीकरण अघि कार्यक्रमको उद्घाटन गर्नुहुँदै बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले गाउँपालिकाले समान सहभागिता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखी समतामूलक समाज निर्माणको सङ्कल्प लिएको बताउनु भयो । गाउँपालिकाको सङ्कल्प पुरा गर्न चलाइएको जागरण र सचेतना बृद्धिको अभियानमा इन्सेकको सक्रिय सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन सत्रको अध्यक्षता गर्नुभएकी गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छेदारले असमानता, शोषण र हिंसा अन्त्य गर्दै लैङ्गिकता, लैङ्गिक हिंसा र पहिचानको मुद्दामा केन्द्रित रही परम्परागत सामाजिक व्यवस्थामा सुधार गर्नु आवश्यक रहेको बताउनु भयो । समानताको मुद्दालाई सामाजिक न्याय, सुशासन र समृद्धिसँग जोड्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सोमराज काफ्ले, वडा नम्बर २ का वडा अध्यक्ष रेवती नारायण चौधरी, वडा १ का सदस्यहरु मोहन प्रसाद खतिवडा र मिथिला आचार्य, सिडिओ नेपालकी कार्यक्रम संयोजक तुलसा आचार्य, अपाङ्ग महासंघका शोभी यादवलगायतको उपस्थिती रहेको थियो ।
बुढीगंगा गाउँपालिकाकी महिला, बालबालिका शाखा प्रमुख निश्चलता कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा नम्बर १, २, ३ र ४ को महिला समूह, आमा समूह र किशोरीको सहभागिता रहेको थियो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी