भूपदेव माली
२९ मंसिर, सप्तरी ।
सप्तकोसी नगरपालिका द्वारा आयोजित १६औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु गरिएको छ। नगर शिक्षा युवा तथा खेलकुद शाखाले मावि. ओद्राहाको प्राग्णमा आइतबारदेखि प्रतियोगिता सुरु गरिएको हो।
सप्तकोसी नगरपालिका अन्तर्गतका ११ वटा सामुदायिक र १० ओटा निजी गरि जम्मा २१ बिधालयका ५ सय २७ जना खेलाडी बिधार्थी सहभागी भएका प्रतियोगिता आगामी तीन दिनसम्म सन्चालनमा रहने नगर शिक्षा युवा
तथा खेलकुद शाखा प्रमुख जय प्राकाश चौधरीले जानकारी गराए।
आयोजित प्रतियोगितामा भलिबल ,कबड्डि ,सर्टपुट ,रनिङ, रिले,हाइजम्प,लङजम्प लगायतका खेल हुने शाखा प्रमुख चौधरिले बताए।
नगर प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षता माआयोजित प्रतियोगितामा उपमेयर, वडाअध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत,लगायतको उपस्थिती रहेको थियो।
खेलमैदानमा अपेक्षित दर्शकहरूको उपस्थिति रहेको प्रतियोगिता कार्यक्रमको उद्घाघाटन नगर प्रमुख ढकालले गरेका थिए भने कार्यक्रम संचालन बालबालिका शाखा प्रमुख बिष्णु माया नेपालले गरेकी थिइन् ।