• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भारदहमा प्रहरीद्वारा बालविवाह तथा लागू औषध सेवनबाट हुने नोक्सानी सम्बन्धी प्रशिक्षण

img

भूपदेव माली
पौष ६, सप्तरी। इलाका प्रहरी कार्यालय भारदहद्वारा बालविवाह, लागू औषध सेवन तथा ट्राफिक नियमको उल्लङ्घनबाट हुने नोक्सानी बारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा. वडा नं १ भारदह स्थित बी.पी. स्मारक पब्लिक माध्यमिक विद्यालयका छात्र छात्राहरू माझ बालविवाह, लागू औषध सेवन तथा ट्राफिक नियमको उल्लङ्घनबाट हुने नोक्सानी बारेमा परीक्षण सम्पन्न भएको हो।
सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय भारदहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक संजय कुमार यादवले ‘कम उमेरमा विवाह अर्थात् बाल विवाह गरेमा शारीरिक, मानसिक, सामाजिक पीडाहरू भोग्नु पर्ने सम्भावनालाई ध्यानमा राखी कानुनले विवाह गर्ने उमेर २० वर्ष गरिएकोले यस उमेरभन्दा मुनि विवाह गरेमा कानुनी अपराध मानिने हुँदा कम उमेरमा विवाह गर्नु हुँदैन’ बताउनुभयो।
यसरी नै उनले ‘लागू औषध सेवन गर्नेहरूलाई समाजले नराम्रो दृष्टिले हेर्ने मात्र नभई उसले आफ्नो शरीर एवं मस्तिष्कलाई खोक्ला गर्दै अल्प आयुमै ज्यान गुमाउने गरेको हुँदा लागू औषध कदापि गर्नु हुँदैन’ बताउनुभयो।
१०८ जना छात्रछात्राहरू सहभागी भएको सो कार्यक्रममा ट्राफिक प्रहरी पोस्ट भारदहका प्रमुख प्र.स.नि. प्रकाश पाण्डेले ट्राफिक नियमसम्बन्धी बृहत विश्लेषण गर्दै ट्राफिक नियमको उल्लङ्घन गरेमा शोबाट जान गुमाउनु तथा अपाङ्ग हुनुपर्ने अवस्था बाट सचेत रहन सबैसँग आग्रह गरे।
कार्यक्रममा विद्यालयका शिक्षक- शिक्षिका तथा ट्राफिक प्रहरी निरज कुमार शाह र प्रहरी जवान संजाय पासमान समेतको उपस्थिति रहेको थियो।कार्यक्रम सकेपछि विद्यालयका विद्यार्थीहरूलाई इलाका प्रहरी कार्यालयमा लगि थुनुवागृह लाई अवलोकन गराउँदै थुनुवा सम्बन्धि कानुनी प्रावधानको बारेमा बताइएको थियो।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी