• img
  • img
img img img
Categories
प्रदेश समाचार

भाग्य लक्ष्मी आयल ट्रेडर्स बरसाइनले मसिन दुरपयोग गरी उपभोक्तालाई ठगी गरेको खुलासा

img

भूपदेव माली
पौष १९ , सप्तरी। सप्तरीको बोदे बर्साइन नपा वडा नम्बर ५ स्थित भाग्यलक्ष्मी आयल ट्रेडर्स पेट्रोल पम्पले डिजेल हाल्ने मसिनको दुर्पयोग गरी उपभोक्तालाई ठगी गरेको खुलासा भएको छ।
बिहिबार बेलुकी रोयल सेकेन्डरी स्कुल पोर्ताहा ३ का स्कुल बस र एक स.१च ९५५ नं. को एसकार्पियोको टंकी भित्र डिजल नै नदिई मिटर रिडिङ मात्र हुने प्रक्रिया प्रयोग गरी रकम ठगी गरेको खुलासा भएको हो।

रोयल सेकेन्डरी स्कुलका स्कुल बसमा डिजल हाल्दै गरेको अवस्थामा ड्राइभरले ट्याङ्कीभित्र डिजल होइन हावा मात्र गइरहेको भनेपछि पेट्रोल पम्पको कर्मचारीले ‘तपाईंको टंकी भित्र तेल पुगिसकेको छ, मिटर चलेपछि तेल गएको छ’ बताएपछि बसका चालक तत्काल चुप्प लागे। एकछिनमै स्कार्पियोका चालक रमेश यादवले स्कार्पियोमा डिजल हाल्न लाग्दा हावा मात्र गइरहेको खुलासा भएपछि ट्याङ्की चेक गर्दा एक थोपा पनि तेल नगएको देखेर वादविवाद सुरु भयो।
बस तथा स्कार्पियोका चालकले एक लिटरको पैसा भुक्तान गर्न मानेपछि एउटा बाल्टिनमा डिजल हाल्न लगाउँदा बाल्टिनमा डिजल नआउने तर मिटर रिडिङ भइरहने पुष्टि भएपछि तत्काल इलाका प्रहरी कार्यालय बोदे बर्साइनलाई सूचना दिँदा तत्कालै पेट्रोल पम्पमा वरिष्ठ प्रहरी नायब निरीक्षक सहितका टोली पुग्दा पेट्रोल पम्पका कर्मचारीहरूले आफ्नो गल्ती स्वीकार गरेर रकम फिर्ता गरेका थिए। यद्यपि पेट्रोल पम्पका कर्मचारीहरूले उपभोक्तालाई मसिन प्रयोग गरेर रकम ठगी गर्ने अपराध गरेको पुष्टि भएपनि प्रहरीद्वारा कुनै कारबाही नगरी मुखदर्शक नै रहेको विद्यार्थीहरूले गुनासो गरे।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी