• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कोशी ब्यारेजमा एक महिलाले हामफाल्दा बगाइरहेको अवस्थामा उद्धार भएको

img

भूपदेव माली
पौष१९, भारदह। सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदह स्थित कोशी ब्यारेजमा एक महिलाले हामफाल्दा पानीले बगाउदै पुलमनि हुदै पारिपट्टि बाट स्थानीय द्वारा उद्धार गरिएको छ।
सुनसरीको आपबारी घर भएका लगभग ४५/५० वर्षिय सरिता सुबेदी नाम भएकी शनिबार कोशी स्नान मेला लागेको बेलामा एक्कासी पानीमा हामफाल्न गई नदीको बहावले पूलको पुलमुनिबाट दक्षिणपट्टि छिराउँदा स्थानीयहरूले उद्धार गरेका हुन्।
कोशी नदीमा हाम फालिकी महिला यतिबेला भारदह अस्पतालमा उपचारमा छिन्। अचेत रहेकी महिलालाई इलाका प्रहरी कार्यालय भारदहले खानतलासी गर्दा महिलाको पहिचान उनको बैंक चेकबाट थाहा हुन गएको छ। महिला के कुन कारणबाट हाम फालिएको हो भन्ने तथ्य बुझ्न प्रहरीको अनुसन्धान जारी छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी