• img
  • img
img img img
Categories
प्रदेश समाचार

राजबिराजमा विशाल जगन्नाथ रथयात्रा

img

भूपदेव माली
पौष २६, राजबिराज। सप्तरीको सदरमुकाम राजविराजमा विशाल जगन्नाथ रथयात्रा परिक्रमा अनुष्ठान सम्पन्न भएको छ।
श्री कृष्णभक्त मण्डल सप्तरी एवं इस्कौन राजबिराज द्वारा आयोजित श्रीमद्भागवत महापुराण कथा समाप्तिपछि श्री जगन्नाथ रथयात्रा परिक्रमा अनुष्ठान सम्पन्न भएको हो।
श्रीकृष्ण मन्दिर राजविराजको हटियाबाट सनिवार निस्केको रथ नेता चौक हुँदै अदालत रोड बाट गजेन्द्रचौक पुगेर पुनः कञ्चनपुर रोड स्थित गणेश मन्दिर हुँदै राजदेवी मन्दिर परिक्रमा गर्दै तेत्रीगाछी हुदै पुन: आफ्नो स्थान आइपुगेको थियो।

हिन्दू एकता प्रदर्शन प्रतिक समेत भएको रथयात्रामा ओम शान्ति राजयोगका भक्तहरू, हिन्दु सम्राट सेनाका युवाहरू सहित हजारौंको सङ्ख्यामा सनातन धर्मका महिला – पुरुष भक्तजनहरूको सहभागिता रहेको थियो।
सप्तमी तिथिको अवसर पारेर निकालिएको रथयात्रामा “हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे,हरेराम हरेराम रामराम हरे हरे।” भजन गाउँदै,नाच्दै, रमाउदै एवं रथको रस्सी तान्दै परिक्रमा गरिएको थियो। यस रथयात्रा अनुष्ठानले सनातिनीहरूको एकताको प्रतीक पनि भएकोले यस वर्ष भक्तजनहरूको व्यापक सहभागिता रहेको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी