न्यूज1नेपाल संवाददाता
कञ्चनरूप
माननीय चन्द्रकान्त चाैधरीकाे आज बिहान निधन भएकाे छ ।
सप्तरीकाे निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभाकाे निर्वाचनमा नर्वाचित हुनुभएका ८४ बर्षिय चाैधरीकाे गएराती आफ्नै निवास डाक्नेश्वरी नगरपालिका ५ स्थित पाताेमा शनिबार बिहान ११ बजे निधन भएकाे हाे ।
उनी २०७४ सालमा राष्ट्रीय जनता पार्टी र संघीय समाजवादी पार्टी नेपालकाे संयुक्त प्यानलबाट बिजयी भएका थिए ।
केपी ओलिको सरकारमा स्वर्गीय चाैधरी उर्जा जलस्राेत तथा सिंचाई राज्यमन्त्री भई जनप्रीय काम गर्नुभएकाे उदाहरणहरू छन् । उनकाे पत्नी, २ छाेरा र १ छाेरी छन् । उनकाे शव भाेली अन्त्यष्टी गरिने आफन्तजनले बताएका छन्।