• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

धर्मी हल्फा महिला विकास क्लव सप्तरी द्वारा राहत वितरण

img

न्यूज1नेपाल सम्वाददाता

राजविराज,०७ माघ ।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीले सप्तरीको तिरहुत गा.पा.-१ धनपुरी टोलका एक अग्नीपीडित परिवारलाई राहत वितरण गरेको छ ।
सर्वस्व गुमाएका स्थानीय अग्निपीडित जोगिन्द्र यादवलाई सहयोग स्वरुप राहत वितरण गरिएको हो ।
घरमा आगलागी भई सर्वस्व गुमाई‌ विच्चलीमा परेका अग्नी पीडित यादवको घरमा पुगेर यादव परिवारलाई त्रिपाल, झुल, बल्यांकेट,थाल, गिलास, कराही, डेकची, पन्यौ,बाल्टिन,मग, म्याट्रेस लगायतका सामाग्रीहरु संस्थाको तर्फबाट सहयोग गरिएको क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले बताए ।
उक्त अवसरमा अस्थायी प्रहरी पोष्ट त्रिकोलका प्रहरी सहायक निरीक्षक गया प्रसाद चौधरी, सशस्त्र प्रहरी सहायक निरीक्षक अजय यादव लगायत स्थानीय भद्र भलाद्मीहरुको उपस्थिति रहेको थियो ।
२०८२ माघ १ गते यादवको घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको थियो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी