भूपदेव माली
११ माघ, सप्तरी ।
नेपाल कम्युनिस्ट पार्टी एमाले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को चुनाव परिचालन कमिटी गठन भएको छ। आइतबार कञ्चनरूप वडा नम्बर ९ स्थित फुलबारी पार्टी प्यालेसमा आयोजित एक कार्यक्रम बीच कञ्चनरूप नगरपालिकाले नगरस्तरीय चुनाव परिचालन कमिटी गठन गरिएको हो।
कार्यक्रममा कञ्चनरूप नगर पालिकाका पूर्व मेयर बसन्त मिश्रले ‘नेकपा एमालेले देशमा राम्रो काम गरेकै कारण अध्यक्ष केपि शर्मा ओलि र पार्टीलाई चारैतिरबाट घेराबन्दी गरिएको’बताउनुभयो।
आइतबार नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित नगर भेलालाई सम्बोधन गर्दै मिश्रले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई लिएर एमाले अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको सरकारले नेपाललाई अबिकसित रास्ट्रबाट बिकसित रास्ट्र तर्फ उन्मुख गराउदै ,चुच्छे नक्शा पास गराइ लिपुलेक , लिम्पियाधुरा , कालापानी हाम्रै हो भन्दै देशको नक्सा पास गरेपछि राष्ट्रभक्ति देखाएकोले नै एमाले अध्यक्ष ओलि र पार्टीलाई घेराबन्दी गर्न थालिएको स्मरण गराए ।
उनले सांगठनिक रुपमा एमाले सप्तरी क्षेत्र नम्बर १ मा बलियो छ , हामीले धेरै रम्रा काम पनि गरेका छौ र यसपालि हामीले राम्रो उम्मेदवार पनि पाएका छौ त्यसैले मनोबल उच्च राखी चुनावी मैदानमा होमिन कार्यकर्तालाई निर्देशन समेत दिए ।
समानुपातिक उम्मेदवार एवं प्रदेश कमिटी सदस्य आसरादेवी चौधरीले अहिलेको चुनावी लडाइ भनेको देश जलाउने र देश बनाउने बिच भएको हुदा एमालेको पक्षमा चुनावी माहोल सशक्त रुपमा अगाडि बढाउन सबैलाई आग्रह गरिन् ।
आयोजित भेलाले नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरीको संयोजकत्वमा २ सय ५५ सदस्यीय नगर स्तरिय चुनाव परिचालन कमिटी गठन गरेको छ ।
कार्यक्रम संचालन नगर कमिटी सचिव केवल खत्रीले गरेका थिए ।