• img
  • img
img img img
Categories
समाचार

भारदहमा भारतको ७७ औँ गणतन्त्र दिवस कार्यक्रम सम्पन्न

img

भूपदेव माली
१२ माघ, भारदह। सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदह स्थित कोशी कोलोनीमा भारतको ७७औँ गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको छ।
इस्वी सम्वत २०२५ बाट भारतले गणतन्त्र दिवस मनाउन थालेपछि सोही अवसर पारेर २६ जनवरीका दिन भारत सरकार मातहत रहेका भारदहको कोशी कोलोनीमा गणतन्त्र दिवस मनाएको हो।
नेपाल र भारतबीच कोशीको सम्झौता भएपश्चात् भारदहमा कोशी प्रोजेक्ट कोलोनी स्थापना भएदेखि परम्परागत रूपमा दुवै देशको झन्डोतोलन गरी दुवै देशका राष्ट्रगान गाउँदै दिवस मनाउन थालिएको छ।

दिवस मनाउने क्रममा भारत सरकारको कोशी प्रोजेक्टबाट कोशी पश्चिमी तटबन्दका मुख्य अभियन्ता (चिफ इन्जिनियर) संजीव शैलेश, कोशी बैरेजका कार्यपालक अभियन्ता मुकेश कुमार , सहायक इन्जिनियरहरू लगायत कर्मचारी हरू र नेपालको तर्फबाट हनुमान नगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र माझी, सशस्त्र प्रहरी बेस क्याम्प भारदहका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अइन्द्रराज नेम्वाङ तथा सशस्त्र प्रहरीका जवानहरू, इलाका प्रहरी कार्यालय भारदहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक संजय यादव तथा प्रहरी जवानहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी