• img
  • img
img img img
Categories
प्रदेश समाचार

स्वाभिमान पार्टीमा जनलहर बढ्दै

img

भूपदेव माली
माघ १५, सप्तरी। सप्तरीमा स्वाभिमान पार्टीमा नवप्रवेशीहरुको जनलहर बढ्दै गएको छ। बिहीबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १३ गोबरगाढामा सयौंको सङ्ख्यामा स्वाभिमान पार्टीमा प्रवेश गरेका छन्।
स्थानीय कुशेश्वर यादवको अध्यक्षता एवं पूर्व मेयर शैलेश कुमार साहको प्रमुख अतिथिमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा युवा नेता सूर्यनारायण यादव सहितकाले नव प्रवेशीहरूलाई स्वागत गरेका थिए। सो कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष सन्तोष यादव, रामचन्द्र साह,राधा देवी यादव लगायतका उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्व मेयर साहले पार्टीको अवधारणा बारेमा प्रकाश पारेका थिए।
यसरी नै हिजो बुधबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -१२ ईनर्वामा २५० जना स्वाभिमान पार्टी मा प्रवेश गरेका थिए। विभिन्न पार्टी परित्याग गरी स्वाभिमान पार्टीमा प्रवेश गरेकाहरुलाई हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश कुमार साहले दोसल्ला ओढाई स्वागत गरेका थिए। सो प्रवेश कार्यक्रममा सोही वडाका वडाध्यक्ष रामलखन मण्डल पार्टीका युवा नेता सूर्यनारायण यादव लगायतका उपस्थिति रहेको थियो।
भोलि शुक्रबारका दिन नगरको वडा नम्बर ११ मा पार्टी प्रवेश कार्यक्रम रहेको पूर्व मेयर शैलेश कुमार साहले बताए।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी