• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जनमत पार्टीमा लोकतन्त्र जीवित नभएको राष्ट्रिय जनअधिकार पार्टीका अध्यक्ष यादवको दाबी

img

भूपदेव माली
२० माघ, सप्तरी ।
राष्ट्रिय जन अधिकार पार्टीका अध्यक्ष शरद सिंह यादवले जनमत पार्टीमा लोकतन्त्र जिवित नभएपछि आफ्नै नेतृत्वमा पार्टी स्थापना गरी प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएको बताएका छन् । मङ्गलबार सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू जनमत पार्टीको प्रवक्ता रही पार्टीको आन्तरिक क्रियाकलाप अध्ययन मनन गरी पार्टीबाट मधेस र मधेसीको मुक्ति सम्भव नदेखेपछि नयाँ पार्टी स्थापना गरेको बताए । उनले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई समर्थन गरी भरपर्दो सहयोग गरेर विजयी गराएपनि एकदुइ वटा मन्त्रीका लागि सप्तरीबासीको जनमतलाई एमाले र काँग्रेसको चरणमा अर्पण गरेको आरोप लगाए ।
सप्तरीमा आफ्नो परिवारको छुट्टै राजनीतिक पृष्ठभुमि भएको बताउँदै उनले जनमत पार्टीका अध्यक्ष डा. राउतको एकल निर्णय तथा स्वच्छाचारी प्रवृत्तिले आफ्ना पूर्वजहरुको विरासत र योगदानको अपमान भएको अनुभूति भएपछि जनमत पार्टी परित्याग गरेको बताए ।
सप्तरीको विकास र मधेसीको अधिकारका लागि पन्चायत कालदेखि आफ्नो परिवारले ठूलो योगदान गरेको स्मरण गर्दै उनले आफ्नो ठूलो बुवा पूर्वमन्त्री डम्बर नारायण यादव र बुवा योगेन्द्र प्रसाद यादव समेत मधेश राजनीति र मधेसी जनताप्रति समर्पित भएको स्मरण गराए।
गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंह, पहिचानवादी नेता गजेन्द्रनारायण सिंह लगायतको नाम लिदै सप्तरीमा राजनीतिक चेतनाको विकास र स्वभिमानी राजनीतिक रुपमा जागरुक भएको र सेवाको भावले राजनिती गर्ने गरेको बताउँदै उनले पुर्वजहरुले जग्गा बेचेर राजनीति गर्ने गर्थे भने अहिले के समस्या छ की राजनीति गरेर जग्गा किन्ने गरेको बताए ।
शिक्षा स्वास्थ, सप्तरी जिल्लामा ‌कृषि र पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको भएपनि स्वार्थपूर्ण राजनीतिका कारण यो जिल्ला पछाडि परेको उल्लेख गर्दै अध्यक्ष यादवले सप्तरीको विकास र समृद्धिको लागि उम्मेदवारी दर्ता गराएको बताए ।
सप्तरीको महादेवा गाउँपालिका ३ बथनाहामा पुर्खौली घरमा जन्म भई हाल राजविराज ३ पोखरेल टोल निवासी उनले सप्तरीको विकासलाई द्रुत गतिमा अगाडि बढाउने तथा मधेसमा जन अधिकारको सरकार गठन गर्ने लक्ष्यसाथ क्षेत्रीय पार्टीको रुपमा स्थापना गरेको जानकारी दिए ।
मधेसको बैकल्पिक शक्तिको रुपमा पार्टी दर्ता गरे लागतै चुनावले छोपेपछि मधेस प्रदेशको ४ जिल्ल्मा संगठन विस्तार गर्न सकिएको र तत्काल ६ ठाउँबाट मात्र प्रतिनिधिसभा सदस्य उम्मेदवार उठाएको बताए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी