कञ्चनरूप
राष्ट्रिय स्वतन्त्र पार्टीकाे घण्टी चुनाव चिन्हमा सप्तरी ३ बाट उम्मेदवारी दिएका अमरकान्त चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाेलाएका छन् । चाैधरी सहित जिल्लाकाे डाक्नेश्वरी नगरपालिकाका नाै जनालाई बयानका लागि अख्तियार कार्यालय सुनसरी स्थित इटहरी कार्यालयले माघ २० गते बाेलाइएकाे हाे ।
डाक्नेश्वरी नगरपालिकालाई अख्तियार कार्यालयले पत्र काटेर उनिहरूलाई हाजिर गराइदिन भनिएकाे सम्बन्ध निकायले जनाएका छन् ।
पत्रकाे ब्यहाेरानुसार जिल्ला सप्तरी ढाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयकाे भवन निर्माण कार्यमा भ्र्ष्टाचार गरेकाे उजुरीकाे आधारमा उनिहरूलाई बाेलाइएकाे हाे । नागरिकताकाे प्रमाणित प्रतिलिपी सहित कागजातहरुका साथ उनिहरूलाई अख्तियारकाे कार्यालय इटहरीमा उपस्थित गराइदिनुहुन भनी नगरपालिकालाई पत्राचार गरेकाे जनाइएकाे छ ।
चुनाव चिन्ह घण्टीका उम्मेदवार चाैधरी पूर्वसांसद तथा दिवंगत नेता चन्द्रकान्त चौधरीका छोरा हुन् ।