• img
  • img
img img img
Categories
शिक्षा समाचार

राष्ट्रिय आधारभूत विद्यालय बस्तीपुरमा व्यवस्थापन समिति गठन, अध्यक्षमा सुमन राई चयन

img

न्यूज1 नेपाल  संवाददाता

सप्तरी, कञ्चनरूप । कञ्चनरूप नगरपालिका–१२ स्थित बस्तीपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। शुक्रबार आयोजित अभिभावक भेलाले सुमन राईलाई सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो। ६७ वर्ष पुरानो यस विद्यालयको व्यवस्थापन समितिमा अध्यक्षमा चयन हुने राई पहिलो महिला अध्यक्ष हुन्।

विद्यालयमा कक्षा ८ सम्म अध्ययन हुँदै आएको छ। लामो समयदेखि व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिमा प्रभाव परेको स्थानीय अभिभावकहरूले बताएका छन्। विद्यालयमा करिब पाँच वर्षपछि व्यवस्थापन समिति गठन भएको जनाइएको छ।

नगरपालिकाको शिक्षा शाखाले व्यवस्थापन समिति गठन प्रक्रियालाई रोक लगाएर राखेका कारण कञ्चनरूप नगरपालिकाभित्रका अधिकांश विद्यालय समिति विहीन अवस्थामा रहेको शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको भनाइ छ। शाखाका अनुसार आवश्यक प्रक्रिया र समन्वय अभावका कारण समयमै समिति गठन हुन सकेको थिएन।

स्थानीय शिक्षकहरूका अनुसार नगरपालिकाभित्र रहेका ३३ वटा विद्यालय हालसम्म पनि विद्यालय व्यवस्थापन समिति विहीन छन्। व्यवस्थापन समिति नहुँदा विद्यालय सञ्चालन, अनुगमन, योजना निर्माण तथा शैक्षिक सुधारका काम प्रभावित हुँदै आएका छन्।

नवनिर्वाचित अध्यक्ष राईले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा अभिभावक र विद्यालयबीच समन्वय बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी