• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

‎संसारी माईकाे पूजा यसबर्षदेखि बिशेषरूपमा

img

सुमन राई

‎कञ्चनरूप

बर्षमा एक पटक गरिने संसारी माइकाे पूजा आज विशेष रुपले भएकाे पाइएकाे छ । परापूर्व देखि सप्तरीकाे कञ्चनरूप नगरपालिका १२ स्थित पाैडाहा जङ्गलमा प्रत्येक बैशाख महिनामा गरिदै आएको संसारीपूजा यस बर्षदेखि विशेष रूपमा गर्न लागिएकाे हाे ।

‎बैशाख महिनामा कुनैपनि शनिबार पारेर जङ्गलमा गई गरिने पूजाकाे निश्चित स्थान थिएन र टाेल बिभाजन भएर गरिदै आएका थिए तर यो बर्षबाट निश्चित स्थान र सबै समेटिएर गर्ने परिपाटी बसालेकाे कञ्चनरूप १२ का समाज सेवी जीत बहादुर श्रेष्ठले बताउनु भयाे ।

‎उहाँले भन्नुभयाे, पाैडाहा सेक्टर नजिक पाैडाहा देउराली सामुदायिक वन क्षेत्र स्थित सानाे मन्दिर निर्माण गरेर संसारी माईकाे थान स्थापना गरिएकाे छ । थान स्थापना गरेर सबैलाई पूजा ग्रहणमा समेट्ने उद्धेश्य हाे । अब उप्रान्त सबैले यसै थानमा पूजा ध्वजा सहित बली प्रदान गर्ने र ब्यवस्थापन समेत मिलाउने सामुहिक बिचार रहेकाे जनाइएकाे छ ।

ससारी माइ प्रकृतिका देवीकाे रूपमा मानिने भएकाेले खासगरी नयाँ सालकाे सुरूवातमा यधपी बैशाख महिनामा धुमधामले पूजाआजा गरिने परम्परा रहि आएको छ । याे बर्षभरी वन्यजन्तु कीटपतङ्गकाे नास नहाेस र ती जनावरहरूबाट मानविय क्षतिपनि नहाेस् साथै खेतिपातीका लागि राम्राे वर्षा हाेस्, प्राकृतिक वस्तुकाे रक्षासंगै सबैका भलाेका कामना गरि पूजा गर्ने किम्वदन्ती रहेका छन् ।

‎यता पाैडाहा देउराली सामुदायिक वन उपभाेक्ता समूहका अध्यक्ष डम्बर राईकाे अनुसार निकट भविश्यमा यस क्षेत्रमा पर्या पर्यटनमा आधारित कार्यहरू निर्माण हुदैछ । वनभाेज स्थल, सुन्दर सुरक्षित स्थललगायत मनमाेहक दृश्यावलाेकनका लागि आवश्यक पहल हुँदै गरेकाे अध्यक्ष राईले जानकारी दिनुभयाे ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी