• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

सप्तरी जिल्लाको पूर्वी–दक्षिणी भेग गत असारको झैं डुबानमा

OLYMPUS DIGITAL CAMERA

img

सप्तरी । बिहीबार मध्यान्हदेखि सुरु भएको लगातारको वर्षाले सप्तरीलाई फेरि डुबाउन थालेको छ । शुक्रबार सप्तरी जिल्लाको पूर्वी–दक्षिणी भेग गत असारको झैं डुबानमा परेको छ । रम्पुरा मल्हनिया, डलबा, बेल्ही, तिलाठीमा बाढीको असर धेरै बढी देखिएको छ । बाढीको असर सदरमुकाम राजविराजको पूर्वी भाग , देउरीभरुवा र पश्चिमी भाग खर्साल, पुर्णिपोखरीमा पनि देखिएको छ ।
राजविराज नगरपालिकाको पूर्वी भाग विरौलनजिक बाढीले बाँध भत्काएपछि डुमरी, शिवथान, देउरी भरुवा बस्तीमा पानी पसेको छ । लगातारको वर्षाले नदी–नाला र बाँधहरूमा कटान लागेको छ । सप्तरीका प्रजिअ कृष्णबहादुर कटुवालसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख एवं सेना तथा प्रहरीहरू देउरीभरुवा पुगेका छन् । राजविराज १५ देउरीभरुवास्थित खाँडो तटबन्धको कटान रोकथाममा लागेका एक स्थानीय डोमी यादव (६०) ढिस्कोमा पुरिएको समाचार माध्यमहरूले जनाएका छन् ।
बाँध कटान नियन्त्रणमा नेपाली सेनासँगै लागेका बखत पुरिएका डोमीको उद्धार हुन नसकेको जनाइएको छ । स्थानीयहरुले डोमीको उद्धार कार्यमा पर्याप्त प्रयास नभएको जनाएका छन् । तटबन्ध कटान रोकथाम गर्न सेना आवश्यक उद्धारसामग्रीसहित तयारी अवस्थामा नरहेको उनीहरूको भनाई छ । डोमीको खोजी जारी रहेको र कटान नियन्त्रणका लागि समेत पहल भइरहेको प्रजिअ कट्वालले बताउनुभयो ।
असारको तेस्रो साता खाँडो नदीले तिलाठी, सकरपुरा, बेल्ही, रम्पुरामल्हनियाँलगायत डुबानमा पारेको थियो । बाढीको अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आएका थिए । उहाँले बाढीपीडित परिवारलाई २५ हजार रुपैयाँ राहत घोषणा गर्नु भएको थियो।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी