• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

अविरल वर्षा र बाढीका कारण सप्तरी जिल्लाको जनजीवन कष्टकर बन्न पुगेको छ ।

OLYMPUS DIGITAL CAMERA

img

सप्तरी । विगत तीन दिन यताको अबिरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा आएको बाढीका कारण दुई हजार घर डुबानमा परेका छन् भने सात सय परिवार विस्थापित भएको छ ।
बर्षाका कारण जिल्लाका सदरमुकाम राजविराजको वडा नम्बर १०, ११ , ८ , र ७ मा ४ फिट माथी सम्म पानी जमेरको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानाईएको छ । जिल्लाको बलान , विहुल ,खाँडो, जिता, खड्ग त्रियुगालगायतका नदीहरुमा आएको बाढीका कारण घरहरु डुबानमा परेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार तिलाठी कोइलाडी , रुपनी , त्रिहुत गाउँपालिकाको , राजविराज ,हनुमाननगर कंकालीनी, डाक्नेश्वरी ,बोदेबर्सान नगरपालिकाको, वस्तीहरुमा नदीको नदीमा आएको बाढीले ६ सय ५० परिवार घर छाडेर सडक तथा सुरक्षित स्थानमा बसेका छन् । राजविराज नगरपालिकाको वडा नम्वर–१०, विरौल गाउँ नजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिबथान, देउरीभरुवा, पकरीसहितका वस्तीहरु बाढीको उच्च जोखिममा परेको छ । यस्तै राजविराजको मुख्य बजार क्षेत्रमा समेत ४ फिटसम्म पानी जमेको छ । यता सप्तकोशी नदीमा जल स्तर बढ्दैगएकोले ब्यारेजको ३९ ओटा ढोका खोलिएको छ । यस्तै टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानीमा पसेपछि स्थानीयवासिन्दाहरु सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् । अविरल वर्षा र बाढीका कारण सप्तरी जिल्लाको जनजीवन कष्टकर बन्न पुगेको छ ।

img

Share: