आकाश कुमार राजभण्डारी ,
सप्तरी ३० साउन । सप्तरीका बाढीपीडितको जनजीवन अत्यन्त कष्टकर बन्नुको साथै जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ ।
बाढीपीडित क्षेत्रका बासीहरुको खानेपानीका स्रोत बाढीमा डुबेकोले त्यही दुषित पानी खान बाध्य भएका छन । बाढीले घर, खेत डुबानका साथै खानेपानीका स्रोतहरु इनार, टयुवेल समेत डुबेकोले बाढीको पानी ती स्रोतहरुमा पसेको छ । यसरी बाढीको पानी पसेको खानेपानी खान बाध्य रहेको बाढीपिडितहरु बताउँछन ।
यस्तै डुबान क्षेत्रका शौचालयहरुमा पसेको बाढीको पानीले शौचालयको फोहर पानीमा मिसिएर फोहर बनाउनुको साथै दुर्गन्धित बनाएकोले रोग लाग्न सकिने अनुमान गरिएको छ । शौचालयको फोहर पानीमा मिसिएर खानेपानीको स्रोतलाई दुषित पारेकोले त्यही पानी खादाँ बाढीपीडितहरु चाडै विरामी पर्न सकिने संभावना रहेको देखिन्छ ।
पानीका कारण ट्युवेल तथा चुलो समेत डुबानमा परेकोले खाना समेत पकाउन नपाई भोकै बस्नुपरेको बाढी पीडितहरुले जानकारी दिएका छन् ।
बाढीको पानीसँगै आएको विषालु सर्प, बिच्छीको त्रासमा बाँचिरहेको बाढीपीडितहरुलाई सुत्न, राम्ररी बस्न नपाई भोकै जाग्राम बस्दा लामखुट्टेलै थप पीडा दिने गरेको छ । रातभरीको भोकै जाग्राम, दुषित पानी, लामखुट्टेको टोकाइले बाढीपीडित चाडै विरामी पर्नुको साथै महामारी फैलिने सकिने संभावना प्रशस्त रहेको छ ।
Lions club of Biratnagar Young Heart लाइन्स क्लव विराटनगर द्वारा राहत वितरण :
आज भारदहका बाढी पिडितहरु लाई लाइन्स कल्व विराटनगर द्वारा खानेकुराहरु वितरण गरेका छन । जसमा तिरपाल–१०० थान, भुजिया–२० काटुन, चुरा–४०० पाइकेट, चाउ चाउ–३७५० पाइकेट यी समानहरु बाढी पिडित परिवारहरु लाई क्रमश वितरण गरेको स्थानीय युवा बिरेन्द्र कुमार झा जानकारी दिए ।