• img
  • img
img img img
Categories
विजनेश समाचार

कालो मरिचको कालै धन्धा सुपाडी शैलीमा भारत तस्करी हुदै

img

जितेन्द्र ठाकुर
विराटनगर ,भदौं १६ गते । तेस्रो मुलुक वाट आयात हुने कालो मसिच भारत तस्करी हुन थालेको पाइएको छ । सुपाडी तस्करी गर्ने गिरोहले नेपालबाट भारततर्फ कालो मरिच तस्करी गर्न थालेको पाइएको हो । सिमावर्ती नाका रानीमा प्रहरी सक्रियताका साथ दरपिट गर्न थाले पछि कालो मरिच भारत तर्फ जाने गरेको पाइएको हो । सिमा एउटै प्रज्ञापन पत्रमा दश पटक समान ओसार पोसार गर्ने गरेको प्रहरीले थाहा पाए पछि भन्सारको प्रज्ञापनलाई दरपिट गर्दै प्रहरी रेकर्ड राख्न चेकजाचँमा सक्रियता बढाएपछि मरिचको रहस्य बाहिर आएको हो । पछिल्लो एक महिनाको अन्तरालमा सिमा प्रहरी कार्यालय रानीले ठुलो परिणामा भारत तर्फ लिए्र जादै गरेको मरिच फेला पारेको हो । मसलाका रुपमा प्रयोग हुने मरिच भारत पु¥याउदा खुद्धामा प्रति किलो एक हजार सम्ममा बिक्रि हुन्छ । प्रतिकिलो मरिच भारत पु¥याउदा तीन सय ७५ रुपैयाँसम्म फाइदा हुने गरेको बताईएको छ । तेस्रो मुलुकबाट ल्याएर मरिच भारततर्फ ग्यालेन , टिपिन, पेटीकोटमा राखेर तस्करी गर्ने गरिएको फेला परेको सिमा प्रहरी कार्यालय रानीका प्रहरी नायव निरिक्षक दिपक यादवले जानकारी दिनुभयो । सिमामा अहिले प्रहरी दरपिट गर्न भन्सारको डाट नम्बर दूई र तीन नम्बरमा प्रहरीनै तैनात गरिएको छ । तस्करीमा संलग्नले भारततर्फ मरिच लैजान जोगवनी नाकाको प्रयोग गर्ने गरेका छन्। सीमा प्रहरी चौकीका प्रमुख नायव निरीक्षक दीपक यादव नेतृत्वमा मरिच लैजादै गर्दा छ जनालाई नियन्त्रणमा लिएर कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ। मरिच लिलामी गर्ने र मरिच ओसारपसार गर्नेहरुलाई भन्सारले मरिचको मुल्य बराबरको बिगो गराई धरौटीमा छाड्ने गरेको बताइएको

 

img

Share: