• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार सुचना प्रविधि

बिधुत प्रधिकरणको लापरबाहीले भुर्कीमा ठूलो दुर्घटना हुने खतरा

img

बृजमान तामाङ बिरेन्द्र बजार १३ कर्तिक । सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्बर २ स्थीत भुर्की टोलमा बिधुत प्रधिकरणको लापारबाहीले ठूलो दुर्घटना हुने खतरा बढेको छ । बिधुतको पोल भाँचिएर घरमा झरेर बस्तीमा आगलागी हुने खतरा बढेको हो । करिब दुई सय घरले उपभोग गर्दै अएको बिधुतको पोलहरु भाँचिएर ज्रिण अबस्थामा रहदा समेत मर्मत सम्भारमा प्रधिकरणले चासो नदिएको स्थानियहरुले बताएका छन । बिधुतको तार एक आपसमा छुदा बारम्बर ट्रन्सर्फमर बिग्रीनेको साथै घरमा जडान गरिएको बिधुतीय सामाग्रीहरु जलेर क्षती हुने गरेको स्थानीय संतोष साहले बताए । आईतबार बिधुत सर्ट भई स्वीच बोर्ड, पंखा, राईस कुकर, चार्ज लाईट, ग्यास चुलो, भाडाकुडा सहितका सामाग्री जलेको देखाउदै उनले ठूलो दुर्घटना हुनबाट बचेको बताए । गाउँको अधिकांश पोल लाई अन्य सपोट लगाएर काम चलाउदै अएको जानकारी दिदै स्थानीय हरि बिश्वकर्माले पोल तार घरमा खसेर ठूलो जनधनको क्षती हुन सक्ने खतरा रहेको बताए । पोल तारको ब्यबस्थापन गर्न भन्दा उल्टै हप्काएर आफै गर भनेर पठाएको उनले दुखेसो सुनाए । पोल ढलेर ठूलो घटना हुन सक्ने बारे बिधुत प्रधिकणर बितरण शाखा रुपनीलाई पटक—पटक ध्यनाकर्षण गराउदा समेत सुनुवाई नभएको स्थानीयहरुले गुनासो गरेका छन । यसबारे बिधुत प्रधिकरण रुपनीको टेलिफोन नम्बर ०३१—४५०२१३ मा फोन गरेर बुझ्न खोज्दा फोन उठेन । प्रधिकरणको गैर जिम्मेवारीपनले स्थानीबासी जोखिम पूर्ण बिधुतसेवा लिन बध्य भएका छन ।

img

Share:
Tags