• img
  • img
img img img
Categories
कृषि विजनेश

कोलकाता बन्दरगाहको जाममा डीएपी मल थन्कियो

img

२९ मंसिर, काठमाण्डौं ।कोलकाता बन्दरगाहको जाम पातलिएर डीएपी मल नियमित आउन थालेको दाबी गरिए पनि नेपालको अझै १० हजार टन डीएपी मल अड्किएको छ । कृषि सामग्री कम्पनीको डीएपी मल थन्किएर बसेको कम्पनी वीरगन्ज क्षेत्रीय कार्यालयका प्रमुख अजयकुमार श्रीवास्तवले जानकारी दिए ।

करिब ३ महिनाअघिदेखि त्यहाँ कम्पनी र साल्ट ट्ेरडिङ कर्पोरेसनको समेत गरी झन्डै ३० हजार टन डीएपी मल अड्किएको थियो । दुवै संस्थानको डीएपी मल आपूर्तिको ठेक्का सिंगापुरको विल्सन इन्टरनेसनल कम्पनीले लिएको थियो । उसले चीनबाट खरिद गरी ल्याएको उक्त मल कोलकाता बन्दरगाहमा जामका कारण वीरगन्जसम्म ढुवानी गरी ल्याउने रेल्वे र्‍याक उपलब्ध नहुँदा त्यहाँ

अड्किएर बसेको थियो ।
मंसिर लागेदेखि सातामा कम्तीमा २ र्‍याकको दरले कोलकाताबाट डीएपी मल आउन थालेपछि पनि त्यो अझै पर्याप्त छैन । नेपालमा गहुँ बालीका लागि यो मल आवश्यक पर्न थालिसकेको छ । किसानले यो मल खोज्न थालिसकेकाले दुवै संस्थानलाई यो मलको आपूर्ति र परिचालनको काम ठूलो चुनौती बनेको छ ।

श्रीवास्तवका अनुसार सिर्सिया सुक्खा बन्दरगाहमा कम्पनी र कर्पोरेसनको आधाआधा गरी २ हजार ५ सय टन डीएपी मल बोकेको एउटा र्‍याक यसै साता आइपुगेको थियो । त्यो पनि कोलकातामा

अड्किएर बसेकै मलमध्येको हो । मंसिरको पहिलो सातायता साल्ट ट्ेरडिङ कर्पोरेसनको कोलकाता बन्दरगाहमा थन्किएको १० हजार टन डीएपी मल पनि वीरगन्ज आइसकेको कर्पोरेसन अञ्चल कार्यालय वीरगन्ज प्रमुख अमोज लामिछानेले जानकारी दिए । ‘मंसिर लागेदेखि कोलकातामा थन्किएको कर्पोरेसनको मल धमाधम आउन थालेको छ,’ उनले भने, ‘अब कोलकातामा अडकिएको कर्पोरेसनको डीएपी मल करिब सकिएको छ ।’

कोलकाताबाट कर्पोरेसनको २ हजार ५ सय टन डीएपी मल बोकेर हिँडेको एउटा रेल्वे र्‍याक हाल बाटोमै रहेको उनले जानकारी दिए । यसबाहेक थप २ र्‍याक युरिया मल पनि बाटोमै रहेकाले ३ वटै र्‍याक शुक्रबारसम्ममा वीरगन्ज आइसक्ने उनले दाबी गरे । कर्पोरेसनले एक महिनायता आएको १० हजार टन डीएपी मल पूर्व बिर्तामोडदेखि पश्चिम धनगढीसम्म माग भएका स्थानमा परिचालन गरिसकेको उनले बताए । ‘किसानलाई गहुँ बालीका लागि मल आवश्यक छ,’ उनले भने, ‘मलको हाहाकार हुन नदिन माग आएका स्थानहरूमा तत्कालै मल परिचालन गरेका छौं ।’

img

Share:
Tags