• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

धनकुटामा बन्द, आम हडतालले यहाँको जनजीवन प्रभावित

img

३ पुस,धनकुटा । प्रदेश नं-१ को राजधानी धनकुटा कायम गरिनु पर्ने माग राख्दै आन्दोलनरत पक्षले सोमबार आह्वान गरेको आम हडतालले यहाँको जनजीवन प्रभावित बनेको छ ।

धनकुटामा बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दकर्ताले विशेषगरी यातायात, बजार, पसल, कलकारखाना ठप्प पारेका छन् । बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चलेका छैनन् ।

धनकुटा नगरपालिका–७ स्थित जिरो प्वाइन्टमा बन्दकर्ताले प्रदर्शन गरेका छन् । उनीहरुले मोटरसाइकल समेत चल्न दिएका छैनन् । बन्दका कारण लामा छोटा दुरीमा चल्ने सवारी साधन चलेका छैनन् । धनकुटा भएर भोजपुर, संखुवासभा, तेह्रथुम जिल्लामा सञ्चालन हुने सवारी साधन पनि ठप्प छन् । तर प्रेस, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन र शिक्षण संस्था सञ्चालनमा भने अवरोध नगरिने संघर्ष समितिका संयोजक उमेश घिमिरेले जानकारी दिए ।

राजधानीको माग गर्दै आएका स्थानीयबासीले धनकुटामा चार दिनदेखि दिनहु प्रदर्शन गर्दै आएका छन् । पर्याप्त पुर्वाधार रहेको तथा राणाकालदेखि हालसम्म पुर्वको मुख्य प्रशासनिक थलोको रुपमा स्थापित धनकुटालाई प्रदेशको राजधानी कायम गरिनु पर्ने स्थानीयको मख्य माग रहेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी