• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

फोरम र राजपा नेपाल बिच तत्काल पार्टी एकता हुने बताए: राजेन्द्र महतो

img

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपाल बिच तत्काल पार्टी एकता हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गरिने बताउँदै भने, ‘अहिलेको जनमत दुई पार्टी एकताको लागि नै हो, एकता हाम्रो प्राथमिकतामा छ ।’

महतोले छ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै अब फोरमसँग पनि एकता हुनेमा शंका नगर्न आग्रह गरे । प्रदेश २ मा राजपा र फोरम गठबन्धनको सरकार बनाउने कुरामा कुनै विवाद नरहेको उनको भनाइ छ ।

निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गरेको उल्लेख गर्दै नेता महतोले भने, ‘निर्वाचनमा हाम्रो विजयसँगै आन्दोलनको जीत भएको छ, सहिदको पक्षमा मतदान भएको छ, यो मधेश आन्दोलनको जित हो ।’

धनुषा ३ बाट प्रतिनिधि सभाका लागि विजयी बनेका महतोले आफूहरुको राजनीतिक एजेण्डाको केन्द्रबिन्दु संविधान संशोधन रहेको बताए । उनले भने,‘केन्द्रिय सरकार बनाउनेतिर हाम्रो कुनै चासो र ध्यान छैन, हामी संविधान संशोधनको पक्षमा रहन्छौं, यसका लागि संघर्ष गर्छौं।’

त्यस्तै महतोले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणा व्यक्त गरे । उनले भने, ‘संविधान अनुसार नै अध्यादेश अघि बढाउनुपर्छ, अध्यादेश रोकेर प्रक्रिया अवरोध गर्नुहुँदैन, यही कुरा हामीले राष्ट्रपतिज्यूसँगको भेटवार्तामा सल्लाह दिएका छौं ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी