जनकपुर। प्रदेश २ को प्रदेशसभा बैठक कक्षमा मधेश आन्दोलनका शहीदको फोटो टाँगिएको छ ।
प्रदेशसभाको पहिलो बैठकमा मधेश आन्दोलनका शहीदको फोटो नराखिएको भन्दै मधेशवादी दलका सांसद अवरोध गरेका थिए ।
सभामुखको आसनबाट जेष्ठ सदस्य लगनलाल चौधरीले अर्को बैठकमा मधेश आन्दोलनका शहीदको फोटो पनि राख्न रुलिङ गरे बमोजिम सोमवार प्रदेशसभा बैठक बस्नुअघि कर्मचारीले शहीदको फोटो व्यवस्था गरेका हुन् ।
सभामुख आसनको माथि यसअघि जनआन्दोलनका शहीदको तस्विरमात्र राखिएको भन्दै मधेशवादी दलले आपत्ति जनाएका थिए ।