राजविराज । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय विरुद्ध आन्दोलनरत संघर्ष समितिले लगाएको मूल गेटकाका तालाबन्दी आज खोलेर क्याम्पस प्रमुखका रुमको गेटमा लगाएको छ ।
गत माघ २१ गतेदेखि चरणवद्ध आन्दोलन गर्दै आएका नेपाल प्राध्यापक संघ महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस एकाइ संघर्ष समिति राजविराजले क्याम्पसको सम्पूर्ण कामकाज ठप्प पार्दै अनिश्चितकालिन तालाबन्दी गरेका थिए । २०१४ सालमा स्थापित क्याम्पसलाई त्रिविविकै आङ्गिक क्याम्पसको रुपमा रहने गरी सरकारी निर्णय सच्याउनुपर्ने माग उनीहरुले राखेका छन् ।
क्याम्पसलाई राजर्षि जनक विश्व विद्यालयमा गाभिए त्रिवि अन्तर्गतको आंगिक क्याम्पसका प्राध्यापक तथा विद्यार्थीमा भय सिर्जना हुने, क्याम्पसमा कार्यरत अस्थायी, करार, आंशिक शिक्षक र कर्मचारी स्वतः खारेज हुने भएकोले सो निर्णय नसच्याएसम्म क्याम्पस प्रमुखको रुममा अनिश्चितकालिन तालाबन्दी रही रहने संघर्ष समितिका संयोजक सिंहेश्वर यादवले प्रेस विज्ञप्ति वाट बताए ।
आन्दोलनरत यादवकोको संयुक्त टोलीले उपकूलपति सँगको संवाद अनुसार आन्दोलन लाई विद्यार्थीको पठन पाठनमा असर नपर्ने गरी आन्दोलन र्लई सोरुप मात्र परिर्वतन गरिएको प्रेस बिज्ञप्तिमा उलेल्खीत गरी व्यहोरा भनीएका छन ।