फाल्गुन,काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको छ ।
अस्पतालका अधिकारी आरपी मैनालीका अनुसार दुई जना घाइतेलाई अस्पताल ल्याइएको हो ।
उनीहरुको शरीर जलेको अवस्थामा रहेको छ र हाल इमर्जेन्सीमा उपचार भइरहेको छ ।
बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।
‘विमानमा चालकदलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ ,आगलागी भएको जहाजबाट १४ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि पठाइएको छ ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सेना र वारुण यन्त्रको सहयोगमा करीब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो । विमानबाट १४ जनाको उद्दार गरिएको समाचार प्राप्त भएको छ । उनीहरुको केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ ।