• img
  • img
img img img
Categories
शिक्षा समाचार

एसइई परीक्षा सप्तरीबाट पाँच निरिक्षक निस्कासित

img

राजविराज। माध्यमिक शिक्षा परीक्षा एसइई छैठो दिन अनिवार्य जनसंख्या तथा बातावरण शिक्षा बिषयको परिक्षामा अमर्यादित क्रियाकलाप गर्ने एक जना निरिक्षकलाई आज निस्कासन गरेको छ ।

प्रमुख जिल्ला अधिकार भागिरथ पाण्डेय र जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले जिल्लाको शम्भुनाथ नगरपालिका अन्र्तगत रामदयाल उ।मावि कचनदाहा परिक्षा केन्द्रबाट निरिक्षक शिवनारायण दासलाई निस्कासन गरेको प्रहरी उपरिक्षक मुकेश कमार सिँहले जानकारी दिनुभयो ।

परीक्षामा मर्यादा बिपरित लपार्वाही र चिट चोराएको भन्दै निरिक्षक दासलाई निस्कासन गरिएको प्रहरी उपरिक्षक सिँहले बताउनुभयो ।

यस्तै एसइई परीक्षामा मर्यादा बिपरित कार्य गर्ने जनप्रवहात मावि परिक्षा केन्द्र दोलतपुरबाट समेत एउटा निरिक्षकलाई निस्कासित गरेको छ ।

निरिक्षक दयाराम सिन्हालाई चिट चोराएको आरोपमा निस्कासन गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेका अनुसार यसअघि एसइई परीक्षामा मर्यादा बिपरित चिट चोराउने बोदेवरसाईन मावि परिक्षा केन्द्रका निरिक्षक अजित यादव र पकरी परिक्षा केन्द्रका निरिक्षक सुनित कुमार मिश्रा तथा मोडेल परिक्षा केन्द्र राजविराजका निरिक्षक नारायण ठाकुरलाई समेत निस्कासन गरिएको छ ।

यस वर्ष सप्तरीमा नियमिततर्फ ८ हजार ५ सय १४ र एक्ज्याम्टेडतर्फ १ हजार १३ गरी कुल ९ हजार ५ सय ९७ विद्यार्थी परीक्षामा सहभागी रहेको छ ।

७७ सामुदायिक, ४४ निजी र १ खुला गरी कुल १ सय २२ विद्यालयका विद्यार्थीको लागि ३६ वटा परिक्षा केन्द्र तोकिएको छ ।

प्राविधिकतर्फ बोदे वरसाइन, कल्याणपुर, खुरहुरिया, बोरिया, कट्टी र फत्तेपुर गरी ६ वटा तथा एक्ज्याम्टेडतर्फका विद्यार्थीका लागि राजविराजस्थित राजदेवी र पवि मावि गरी २ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी