योगिनियाँ,सप्तरी । सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका अन्तर्गत पर्ने योगिनियाँ गाउँ नजिकै रहेको कोसी पश्चिमी तटबन्धलाई जोगाउन वनाईएको स्पर मर्मत कार्य भारतीय पक्षले थालेका छन् । पछिल्लो पाँच वर्षदेखि जिर्ण अवस्थामा रहेको उक्त तटबन्ध स्थानिय वासिन्दा तथा नेपाली पक्षको दवावका कारण भारत मातहतको कोसी योजनाले वनाउन लागेको हो । यद्यपी भारतीय कर्मचारी र ठेकेदारहरुको मनपरिका कारण उक्त क्षेत्रमा वसोवास गर्ने नेपालीहरु भने त्रसित छन् ।
यसअघि तारको जालीमा बोल्डर क्रेटिङ्गग गरेर वनाईएको उक्त स्परका अधिकांश जाली र बोल्डर कोसी नदिको पछिल्लो बाढीले वगाई सकेको अवस्था छ । तर हाल मर्मत सम्भारको नाममा भारतको विरहार राज्य सरकार मातहत रहेको कोसी योजनाका कर्मचारीहरुको मिलोमतोमा गुणस्तरहिन काम भईरहेको स्थानियहरुको गुनासो छ । बाढी नियन्त्रण तथा तटबन्ध मर्मत सम्भारको कामको सामान्य प्राविधिक पक्षलाई समेत अटेर गर्दै भारतीय ठेकेदारहरुको सिमेन्टका खालि बोराहरुमा माटो भरेर स्पर जोगाउने काम थालेका हुन् ।
पछिल्लो तीन÷चार वर्ष यता खाँडो नदिमा पनि सिमेन्टको बोरा प्रयोग गरी क्रेटिङ्गको काम हुँदैन । खाँडो नदि नियन्त्रण आयोजनामा कार्यरत इन्जीनियर सत्रुघन गुप्ताका अनुसार आकास्मिक वाहेक सिमेन्ट बोराको प्रयोग बाँध निर्माण वा क्रेटिङ्ग लगायतका काममा प्रयोग गरिदैन । उनले भने, ‘हामि अहिले जियो व्यागको प्रयोग गरिरहेका छौ, सिमेन्ट बोराको तुलनामा निकै मजबुत र आकारमा पनि ठुलो भएको हुनाले जियो व्यागनै प्रयोग गर्न थालेका हौ ।’
जानकारहरुका अनुसार खाँडो मात्रै नभई सवैजसो नदि नियन्त्रण तथा तटबन्ध जोगाउने जस्ता काममा हाल जियो ब्यागकै प्रयोग हुने गरेको हो । एउटा जियो ब्यागमा १२० देखि १३० केजी माटो अटाउने गर्दछन् भने सिमेन्टको बोरामा अधिकत्तम ३० देखि ३५ केजी मात्रै आउँछन् । कम बजन भएको बोरालाई नदीको सामान्य बहावले पनि वगाउने हुने विषेशज्ञहरुले जियो ब्यागको प्रचलन वढाउन सम्बन्धीत नियकायहरुलाई सुझाएको हो ।
मुल्यका दृष्टिले पनि जियो ब्याग र सिमेन्टका वोरामा निकै भिन्तता छ । कोसी योजनाले एउटा जियो ब्यागका लागि जहाँ २ सय ५ रुपैयाँ भारु बजेट उपलब्ध गराउँदै आएका छन् भने सिमेन्टको वोराको बजार मुल्य अहिले पनि १० रुपैयाँ भन्दा वढि छैन । कोसी योजनाका कर्मचारीसँगको मिलोमतोमा नेपाली भू–भागमा काम गर्ने भारतीय ठेकेदारहरुले पैसा जोगाउन समेत जियो ब्यागको ठाउँमा सिमेन्ट बोरावाट क्रेटिङ्ग गर्ने गरेको कोसी योजनाकै कतिपय कर्मचारीहरुको गुनासो छ ।
गत बर्ष कोसी ब्यारेज देखि ७ किलोमिटर दक्षिण नेपाली भू–भागमा कोसीलाई विच बाटोमा ल्याउन सात किलोमिटर पाईलट च्यानल खन्ने कामका लागि कोसी योजनाले झण्डै २५ करौड बढी भारतीय रुपैयाँ निकासा ग¥यो तर उक्त च्यानल भएर एक साता पनि कोसी बगेनन् । हाल च्यानल अलपत्र छ, बालुवाले पुरिएको छ ।
दुवै तिरको तटबन्धलाई नदिको बहाववाट जोगाउन सर्व प्रथम सन् २०१० मै च्यानल खन्ने काम प्रारम्भ गरेको थियो । तर कोसीको बहावसँगै आएको वालुवाले उक्त च्यानललाई पुरिदिएपछि भारतीय प्राविधिकहरुले ड्रेजर(वालुवा फ्याक्ने मेशिन) भएका ठेकेदारलाई मात्रै च्यानल खन्ने काम दिने निर्णाय गरियो । यद्यपी त्यहाँ पनि ठकेदार र कर्मचारीको मिलोमतोमा गुणस्तर हिन काम मात्रै भईरहेको कोसी योजना निकटकै स्रोतको दावि छ ।
‘प्यालट च्यानल खन्ने जिम्मा पाएका कम्पनीलाई दिईने कुल रकम मध्यै ५० प्रतिशत रकम च्यानल सुचारु राख्न नै दिने गरिन्छ’, नाम नछाप्ने शर्तमा कोसी योजनामा कार्यरत एक जुनियर इन्जीनियरले भने, ‘तर ड्रेजर मेशिनको नाममा च्यानल सुचारु गर्न पाउने रकमको १० प्रतिशत पनि सदुपयोग हुँदैन ।’ नेपाल तर्फको काममा उच्च स्तरीय अनुमागन नहुने हुँदा यस क्षेत्रमा हुने काममा कोसी योजनाका ठुला कर्मचारी एवम् भारतीय ठेकेदारहरुले मनपरि गर्ने गरेको स्रोतको भनाई छ ।
प्यालट च्यानल असफल भएकै कारण गत वर्ष सप्तरीको गोबरगाढा हदै सम्म प्रभावित भएको थियो । सोहि कारण कोसी पश्चिमी तटबन्ध तर्फ नदिको दवाव पनि बढेको बढेको हो । पश्चिमी तटबन्ध अन्तर्गत पर्ने भारदह देखि हनुमाननगर सम्मको क्षेत्रमा रहेको आधा दर्जन वढि स्परहरु जोखिममा रहेको हनुमाननगर–कंकालनी नगरपालिकाका मेयर शैलेशकुमार साहको भनाई छ । साह भन्छन्, ‘भारतीय नेपाली लगायतका सम्बन्धी पक्षले वेलामै ध्यान पु¥याएन भने कुसहा घटना पुनः दोहरीन सक्ने सम्भावना छ, यस भेगमा वसोवास गर्ने झण्डै ४–५ लाख जनसंख्या वर्षाका वेला त्रासमै बाच्ने गर्दछन् ।’
‘सर्वसाधारण जति कराए पनि सम्बन्धीत पक्ष मौन’
कोसी योजनाको काममा भारतीय कर्मचारी र ठेकेदारहरुको मनपरि तथा गुणस्तर हिन काम विरुद्ध सर्वसाधारण नेपाली जतिसुकै कराएपनि नेपाल तथा भारत तर्फका जिम्मेवार निकाय भने मौननै वस्दै आएको स्थानियहरुको गुनासो छ ।
‘गत वर्ष हाम्रो गाउँनै डुवाउने गरी पाईलट च्यानल अधुरै छाड्दा हामिले निकै आवाज उठाएका थियौ’, सप्तरी गोबरगाढाका हरिनारायण यादवले भने, ‘करौडौको चलखेल हुन्छ, सवैले आफ्नो भाग पाएका हुन्छन्, हामि जस्ता गरिब असहायको आवाज सुन्ने समयमा कसैसँग कहाँ छन् र ।’ दुई वर्ष अघि कोसी नदिकै एफलक्स बाँध अन्तर्गत भारदह स्थित कंकालनी मन्दीर देखि उत्तर सप्तरीकै बैरवा हुँदै पुर्व पिप्रा जोडने सडक निर्माण कार्यमा भारतीय ठेकेदारले मनपरि गरयो भन्दै स्थानियहरुले काम रोक्दै सडक अवरुद्ध नै पारेका थिए तर पछि प्रहरी लगाएर जवरदस्ती उक्त काम गर्न लगाईएको थियो ।
त्यस्तै पुर्वी तटबन्ध अन्तर्गत सुनसरीको मधुवन क्षेत्रमा यस्तै गुणस्तर हिन काम हुँदा फोरम नेपालका अध्यक्ष एवम् पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवलाई भारतीय पक्षलाई पत्राचार नै गरेर नेपाल तर्फ भईरहेको कोसी योजनाका कामहरु वारे आवश्यक छानविन गर्न ध्यानाकर्षण गराएका थिए ।
दुई वर्ष अघि मात्रै सिमावर्ती सुपौल संसदिय क्षेत्रका भारतीय सांसद रञ्जीता रञ्जनले समेत कोसी योजनाले नेपाल तर्फ गर्दै आएका कामको गुणस्तरीयता प्रति असन्तुष्टि नै जनाएकि थिईन । उनले कोसी योजनाका उच्च अधिकारीहरुलाई यसवारे गम्भीर वन्न आग्रह समेत गरेकि थिईन ।
कोसी योजनाका कर्मचारी र ठेकेदारहरुको मिलोमतोका कारण उनीहरुका लागि कोसी नदी ‘कामधेनु’गाई जस्तै भएको भन्दै ‘हिन्दुस्तान’, ‘दैनिक जागरण’ जस्ता लोकप्रिय भारतीय पत्रिकाहरुले समेत पटक पटक समाचार प्रकाशित गर्दै आएका छन् ।
नेपाली पक्ष झनै वेपरवाह
प्रत्येक वर्ष बाढीको सिजन समाप्त भए लगत्तै नेपाल तथा भारतका जलस्रोत प्राविधिक सम्मीलित ‘नेपाल भारत कोसी प्राविधिक संयुक्त समिति’ले नेपाल तर्फको भू–भागलाई निरीक्षण गरी कहाँ–कहाँ काम गर्नुपर्छ भनि निष्कर्ष सहित ‘कोसी उच्च स्तरीय समिति’लाई प्रस्ताव पठाउने गर्दछन् । सोहि प्रस्तावको आधारमा ‘कोसी उच्च स्तरीय समिति’ले काम गर्ने अनुमति कोसी योजनालाई दिने गर्दछन् ।
‘नेपाल भारत कोसी प्राविधिक संयुक्त समिति’मा सप्तरी र सुनसरि स्थित सिंचाई कार्यालयका प्रमुखहरु सदस्य रहने गरेका हुन्छ भने ‘कोसी उच्च स्तरीय समिति’मा सिंचाई विभागका महानिर्देशक नै वस्ने गर्दछन् । यद्यपी आफैले प्रस्ताव गरेको तथा आफै सम्मीलित समितिले काम गर्ने अनुमति दिने नेपाली पक्ष भने कामको गुणस्तरीयताका वारेमा भने खासै चासो दिएको देखिदैन ।
‘कोसीको बाँध भत्किए भने पहिला डुबानमा पर्ने नेपाली भू–भाग नै हो’, मधेशी नागरिक समाजका अगुवा बद्रीनारायण झा भन्छन्, ‘बजेट, ठेकेदार, काम गर्ने जिम्मा सवै भारतकै हो भन्दै हामि वेपरवाह जस्तै भएका छौ, हाम्रो स्थानिय प्रशासन देखि राष्ट्रिय स्तर सम्म रहेका संयन्त्रहरु यसवारे चनाखो भएर वस्नु पर्ने खाँचो छ ।’