• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

राष्ट्रपति भण्डारीले संघीय संसदमा सम्वोधन : सहिदको सपना सकार पर्ने बेला जोड

img

काठमााडौं। राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनलाई संयुक्त रुपमा सम्वोधन गर्दै स्थानीय, प्रदेश र संघीय निर्वाचनले देश स्थायित्वतर्फ अघि बढेको बताएकी छिन् । बिहिबार अपरान्ह संघीय संसदमा सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनले आर्थिक सामाजिक विकासका लागि बाटो खुलेको उल्लेख गरिन् ।

भण्डारीले देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउँदै संविधानको व्यवस्था अनुरुप पुनर्संरचना गरिएको राजनीतिक प्रणालीलाई संस्थागत गर्ने सफलता हासिल गरेको बताइन् । उनले भनिन्– ‘स्थानीय तह, प्रादेशीक र संघीय सरकारको गठन भएको, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न भएर राजनीतिक क्षेत्रमा मात्र नभई आर्थिक, सामाजिक क्षेत्रमा पनि ठुलै विकास भएर मुलुकमा अग्रगमन हासिल गर्ने अवसर प्राप्त भएको छ ।’

उनले जनताद्धारा निर्वाचित संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा हर्ष र गौरबको अनुभूति भएको बताइन् । राष्ट्रपति भण्डारीले विगतमा संघर्ष गरी अहिलेको परिवर्तन ल्याउन सहयोग गर्ने सहिदहरुलाई सम्मान ब्यक्त गर्दै साढे २ बर्ष अगाडि प्रगतिशील र लोकतान्त्रिक संविधान जारी भएपछि संक्रमणकालको अन्त्य भएको र संविधान कार्यान्वयनको दिशामा अघि बढिरहेको बताइन् ।
उनले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गराउन लागिपर्ने राजनीतिक दल,सरकार,सुरक्षा निकाय, निर्वाचन आयोग र अन्य निकायहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

देश अब विकास, स्थिरता र शान्तिको बाटोमा अघि बढेको भन्दै अधिकार, न्याय र संविधान बनाउन सर्वाधिक भूमिका खेल्ने जनताहरुलाई धन्यवाद ज्ञापन गरिन् । देश संविधानले निर्दिष्ट गरेको दिशामा विकास र आर्थिक समृद्धी हासिल गर्न सक्षम हुनेछ भन्ने विश्वास लिएको बताइन् । जनताको संबैधानिक, कानुनी अधिकार एवम् मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै न्यायपालिकालाई सुदृढ पार्न सम्बन्ध पक्षको ध्यान पुग्नुपर्ने बताइन् ।

उनले हालै सम्पन्न भएका निर्वाचनमा जनता उत्साहपूर्ण रुपमा सहभागी भएर कुनै समस्या भए जनप्रतिनिधि संस्थाभित्रबाटै समाधान हुनुपर्ने अभिमत प्रकट गरेको बताउँदै संसदमा आम नेपाली विश्वास रहेको बताइन् ।

पौने ३ करोड नेपालीले यातायात, सञ्चार, उर्जाको विकास र बिस्तार, कृषि, पर्यटन र सेवाको क्षेत्रको विकास र बिस्तार, गुणस्तरीय र सुलभ शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी र स्वस्थ वातावरण, उद्योग र व्यापारको समुचित विकास, लोकतन्त्रको रक्षा र सामाजिक न्यायको बाटो हुँदै सुशासन र विकासलाई अगाडि बढाउनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।

उनले वर्तमान सरकारको दुरदृष्टि योजनाले जनतामा उत्साह सञ्चार भएको समेत बताइन् । संसद विविधतायुक्त समावेशीता भएको बताउँदै उनले निर्वाचित भएका मध्ये ४१ प्रतिशत महिला भएकोले गौरब लागेको बताईन् । हिजोसम्म पछाडि परेका समुदायलाई समावेश गरेर विश्वमै नयाँ दृष्टान्त प्रस्तुत गरेको उनले उल्लेख गरिन् ।

जनताका आवश्यकता र चाहना पूरा गर्न उनले सबै तहका जनप्रतिनिधिहरु आ –आफ्नो कर्तब्यमा समर्पित हुन आवश्यक रहेको बताउँदै जनप्रतिनिधिबाट निष्ठापूर्वक कर्तब्य पालना हुनेछ भन्ने विश्वास लिएको बताइन् । क्षेत्र, सम्प्रदाय, जाति र दलभन्दा माथि उठेर जनता र देशको सर्वोपरी हितमा लागि पर्न संसद प्रयत्नशील रहन्छ भन्ने विश्वास रहेको समेत राष्ट्रपति भण्डारीको भनाई थियो ।

लाखौँ युवा देश बाहिर रहेको भन्दै राष्ट्रपति भण्डारीले अहिलको परिवर्तन र प्राप्त उपलब्धीको जगमा युवाको उर्जा र जाँगरको प्रयोग देश निर्माणका लागि हुनुपर्छ भन्ने आंकक्षालाई भरपर्दो रुपमा सम्बोधन हुनेछ भन्ने विश्वास लिएको उनले बताइन् ।

लोकतन्त्र थेगो नभई एक जीवन प्रणाली भएको बताउँदै उनले जनताको जीवनस्तर परिवर्तन गर्न नसकिए लोकतन्त्र अर्थहिन नारामात्र हुन जाने बताइन् । राष्ट्रपति भण्डारीले मित्रराष्ट्रसँग समुचित सम्बन्ध बनाउन जोड दिइन् ।

उनले भनिन्– ‘हाम्रो सम्पूर्ण स्रोत र साधनको भरपुर प्रयोग गर्दै दिगो विकास र समृद्धिको बाटोमा एकताबद्ध भएर अघि बढौँ । हाम्रा छिमेकी तथा तमाम मित्रराष्ट्रहरुसँग मित्रता र सहकार्यको हात बढाउँदै हाम्रा विकासका आकांक्षाहरु पूरा गर्न उचित ढंगले समन्वय गर्दै हाम्रोमा, छिमेकमा र समग्र विश्वमा शान्ति र समृद्धिको लागि सक्दो योगदान गरौँ ।’

उनले अबको नेपाल कुनैपनि मनोमालिन्य, अशान्ति, भष्ट्राचार र उत्पीडिनबाट मुक्त हुनुपर्नेमा जोड दिइन् । उनले अब सहिदको सपना सकार पर्ने बेला आएको भन्दै सरकार, राज्यका सबै अंगसहित चेतनशील नागरिकलाई समुन्नत समाज निर्माणको लागि आग्रह गरिन् । साभार रातो पाटी वाट

img

Share:
img

ताजा अपडेट

क्याटोगरी