• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

नेपाल पत्रकार महासंघ स्थापनाको ६३ औं वर्षमा प्रवेश, देशभर विभिन्न कार्यक्रम गर्दै

img

आकाश कुमार, सप्तरी । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६३ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा महासंघले देशभर विभिन्न कार्यक्रम गर्दैछ ।

स्थापना दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूप्रति शुभकामना व्यक्त गरेका छन् ।

‘नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति महासंघ गर्व महसुस गर्दछ,’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न लागिरहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

महासंघको ६३औं स्थापना दिवसका अवसरमा सप्तरी शाखाका पत्रकारहरुले शुक्रबार १० किलोमिटर पदयात्रा गरेका छन्। सप्तरी सदरमुकाम राजविराजदेखि सुरु भएको पदयात्रा भारतीय सिमावर्ती क्षेत्र तिलाठीमा पुगेर समापन भएको थियो।
दशगजामा खाँडो नदीको सहज निकास तथा अन्तर्राष्ट्रिय सिमा क्षेत्रमा आत्मसम्मान सहितको मैत्री सम्बन्ध विकासका लागि पदयात्राको आयोजना गरिएको हो।

दशगज्जा क्षेत्र

विकासमा महत्वपुर्ण योगदान पुर्याउन सक्ने राजविराज–कुनौली सडकको गुणस्तरीय निर्माण तथा सिमावर्ती क्षेत्रमा देखिँदै आएका विभिन्न समस्याहरु माथि राज्यको ध्यानाकर्षण गर्न पनि पदयात्राको आयोजना गरीएको महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले बताए।

पदयात्रा का दृश्य

खासगरी सिमावर्ती क्षेत्र तिलाठीसँग जोडिएको दशगज्जा क्षेत्रको खाँडो नदीमा भारतीयहरुले समय–समयमा गर्ने अवरोध तथा बाँधका कारण आसपासका क्षेत्रहरु डुबानमा पर्दै आएका छन्। यस्ता विभिन्न समस्याप्रति राज्यको ध्यानाकर्षण गराउन पदयात्राले महत्वपुर्ण भुमिका निर्वाह गर्ने महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झाले बताए।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी