• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मंदिरा ओसारपोसार गर्ने भारतीय सहित छ जना पक्राउ

img

राजविराज । नेपालबाट भारत तर्फ अबैध रुपमा मदिरा जन्य प्रदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई सप्तरी बेल्हीचपेना गाँउपालिका वडा नं. ६ बाट आज पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ति टोलीले अबैधरुपमा मदिरा ओसारपोसार गर्नेक्रममा भारतको मधुवनी बस्ने बर्ष ३१ को विरेन्द्र साह , बर्ष २५ को बैजु मण्डल, बर्ष २५ को सुरेन्द्र यादव ,बर्ष २० को मुकेश मण्डल , बर्ष १८ को पवन कुमार यादव र सप्तरीको बेल्हीचपेना गाउँपालिका वडा नं। ६ बस्ने बर्ष ४२ को पुतौल सिंह भन्ने सन्तोष कुमार सिंहलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक धुव्र कुमार श्रेष्ठले बताउनुभयो ।

भारतीय प्लेट नम्बरको मोटरसाईकलहरुमा मदिरा राखी भारत तर्फ निकाशी गरि रहेको अवस्थामा सप्तरीको बेल्हीचपेना गाँउपालिका वडा नं। ६ स्थित राम प्रसाद सिंहको घरमा ठुलो परिमाणमा बिभिन्न ब्राण्डका मदिरा भण्डारण गरि राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नाउव उपरिक्षक श्रेष्ठ जानकारी दिनुभयो । पक्राउ परेका मंदिरा करिब रु ५,९३,८०० मुल्य बरावरको रहेको प्रहरीले जनाएको छ ।

यता पक्राउ परेका मानिससहित मंदिरालाई राजविराज भंसार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी