• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

राष्ट्रपति भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै देशलाई आत्मनिर्भर बनाउने सन्देश

img

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई आत्मनिर्भर बनाउने अवसर प्राप्त भएको बताएकी छन् । उनले देश समृद्ध बनाउने दायित्व आम नेपालीको भएको पनि बताएकी छन् ।

नयाँ वर्ष २०७५ को अवसरमा सबै नेपालीलाई सुख शान्ति र दीर्घायूको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘देशमा रहेको अथाह प्राकृतिक सम्पदालाई दिगो रुपमा प्रयोग गर्दै मुलुकलाई समृद्ध बनाउने दायित्व आम नेपालीको हो ।’

नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको उनले स्मरण पनि गरेकी छन् । राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्धिको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको बताएकी छन् ।

img

Share: