• img
  • img
img img img
Categories
खेलकुद समाचार

जुम्लाका धर्मकुमारले जिते हाफ म्याराथनको उपाधि

img

कैलाली । ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधि जुम्लाका धर्मकुमार बुढाले जितेका छन् ।

निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी उनले १ घण्टा ७ मिनेट ८ सेकेण्डमा पुरा गर्दै नगद ५१ हजार प्राप्त गरे । उनी हरि रोका फाउण्डेशनले संचालन गरेको कर्णाली क्लबका धावक हुन् ।

नेपाली सेनाका हरि रिमालले १ घण्टा ८ मिनेट शुन्य दशमलव १ सेकेण्ड र सेनाकै लाल बहादुर थापाले १ घण्टा ८ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए । रिमाल र थापाले २५ हजार र १५ हजार रुपैयाँ हात पारे । रिमाल अघिल्लो संस्करणका विजेता समेत हुन् ।

त्यस्तै कर्पोरेट तर्फको पाँच किलोमिटरमा भिम चौधरी प्रथम, सिद्धराज जोशी द्वित्तिय र मनमोहन विष्ट तृतिय भए । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ हात पारे । सम्भार अनलाइन

img

Share:
Tags