• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मधेश तराईका ५ जिल्लामा सिरुवा जुडसितल पर्व मनाइँदै

img

सप्तरी । मधेश तराईका ५ जिल्लामा आज विहानै देखि हर्षेल्लाका साथ सिरुवा जुडसितल पर्व मनाइँदै छ ।

नव बर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफना अग्रज बुवा– आमा, काका–काकी, हजुरबुवा–हजुरआमा वाट शिरमा पानी थपाई आर्शीवाद प्राप्त चलन छ । साथै चुलोको पुजा र वाटो सडक सरसफाइ रुखको जरामा पानी हाल्नु लगाई कार्य आज गरिन्छ ।

आज बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई लोटा वा अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून्’ भनेर आशिष दिन जुटेका छन् । कसैसँग झगडा नगर्नु र शान्तिका साथ सोचेर कार्य गर्नुनै सो आशिषको मुख्य उद्देश्य हो । मैथिल समुदायले यस पर्वलाई ‘जुडशीतल पर्व’ पनि भन्ने गर्छन् ।

यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजननै रातिमा खाने परम्परा रहेको छ । वर्षमा एक दिन चुलोलाई पनि आराम गर्न दिनुपर्ने मान्यता छ ।

यसका साथै, बिहानैदेखि आ–आफ्ना आँगनबारीमा रहेका विभिन्न रुखको जरामा पानी हाल्नु, बाटाघाटोमा पानी छर्नु, इनार, सडकको नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको देखिन्छ ।

एक अर्कामाथि हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ । टोलका मानिस भेला भएर इनार, कुलो र नालाको सरसफाइ गर्ने बेलामा खुसीयाली मनाउँदै हिलोसँग खेल्ने गर्छन् ।

यस पर्वमा आँपको चिचिलाको चोखा, सोइजनको तरकारी,बिभिन्न प्रकार पकवान तथा दही र चिनी अनिवार्य रुपमा खाने गरिन्छ । मैथिल, थारु, राजवंशी, सतारलगायतका समुदायले आ–आफ्ना धार्मिक एवं संस्कतिअनुसार पर्व मनाउने गर्छन् । मैथिल समुदायबाहेक अन्य समुदायले मासु पनि खाने गर्छन् ।

img

Share: