• img
  • img
img img img
Categories
समाचार स्वास्थ्य

नोबेलमा विश्व दम रोग दिवसको अवसर पारेर विरामीलाई सचेतना

img

बिराटनगर । १९ औं विश्व दम रोग दिवसको अवसर पारेर बुधबार विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिरामी र बिरामीका आफन्तलाई दम रोगका बिषयमा जानकारी गराईएको छ ।

नोबेलको छाती तथा फोक्सो रोग बिभागको आयोजनामा भएको सचेतनामूलक कार्यक्रममा बिभागका प्रमुख एवं सहप्राध्यापक डा।रामहरी घिमिरेले बिरामी र बिरामीका आफन्तलाई दम रोगको बिषयमा जानकारी गराएका हुन् ।

सो अवसरमा डा।घिमिरेले दम रोग लाग्ने कारण, लक्षण र रोकथाम एवं बच्ने उपायका बारेमा जानकारी गराउँदै दम रोगको औषधी प्रयोग बिधिसमेत बताए । लगातार खोकी लागिरहने, स्वा–स्वा हुने र बढी मात्रामा खकार आएमा दम रोग लागेको हुनसक्ने भन्दै डा। घिमिरेले दम रोगबाट बच्न धुमपान, धुलो, धुवा र बायु प्रदुषणबाट जोगिन सझाव दिएका छन् ।

धेरै मानिसको मृत्युको प्रमुख कारण दम रोग भएपनि यसको बिषयमा सचेतनाको कमी रहेको बताउँदै डा।घिमिरेले सरोकारवाला निकायले यसलाई गंभीरतापूर्वक लिनुपर्ने आवश्यकता पनि औल्याए । विश्वमा हुने मानिसको मृत्युको प्रमुख तेस्रो कारण फोक्सो सम्बन्धि रोग अर्थात दम रहेको चिकित्सकहरु बताउँछन् ।

img

Share: