राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा गएराति विवाहको भोजमा विवाद छुरा प्रहारबाट एक युवकको ज्यान गरेको छ ।
मुृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका ३० वर्षीय छोरा अजय चौधरी रहेको प्रहरी उपरिक्षक मुकेश कुमार सिँहले बताउनुभयो ।
चौधरीलाई कसले कसरी छुरा प्रहार गरेको बारेमा खुल्लन नसकेको र घटना बारे अनुसन्भान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
यसैबिच सोही घटनामा संगलन सात जना युवालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक सिँहले जानकारी दिनुभयो ।