रोशन झा, बिराटनगर। विभिन्न सामाजिक कार्य गर्दे आएका पहिलो पाईला शिक्षा अभियान ले गरिबीका कारण पर्याप्त शैक्षिक सामग्री नभएर बिद्यालय जना बाट बन्चित बालबालिकालाई विद्यालय सम्म पुर्याउनका लागि बिराटनगरमा यस अभियानलाई संचालन गरेका छन् ।
बिराटनगरका तीन बिद्यालयमा अध्ययनरत जम्मा १३० जना गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
पहिलो पाईला शिक्षा अभियान बिराटनगर का सचिव ओम राउतका अनुसार बिराटनगरको पोखरिया मा. वि. राधाकृष्ण मा. वि. र कोचाखोलामा रहेको श्री आधारभूत विद्यालयमा आज स्कुल झोला, कलम, कपि, पेन्सिल, इरेजर, सार्प्नर लगायतक शैक्षिक सामग्री वितरण गरिएको छ।
पहिलो पईलाको यस शिक्षा अभियानलाई ब्राईट एन्जल्स बोर्डिंगले पनि सहकार्य गरेर साथ दिएको थियो ।