• img
  • img
img img img
Categories
समाचार स्वास्थ्य

सेनाद्वारा स्वास्थ्य शिविर, कबिर ५ सय जनाको स्वास्थ्य परिक्षण

img

बीरगंज  । नेपाली सेनाले वीरगंजमा आज स्वास्थ्य शिविर आयोजना गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा क्यान्सर स्क्रिनिंग, स्त्रि रोग तथा जनरल हेल्थ क्याम्प राखिएको थियो ।

सेनाको वीरगन्जस्थित चण्डी प्रसाद गण, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको संयुक्त रुपमा आयोजित शिविरमा करिब ५ सयजनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा भरतपुर क्यान्सर अस्पतालका चिकित्सक डा. राजेश मिश्र, नेपाली सेनाका चिकित्सकहरु डा.राजिव सिटौला र डा.मनिष श्रीवास्तव सहितको चिकित्सकको टोलीले बिराकीको स्वास्थ्य परीक्षण गरि निःशुल्क औषधी बितरण गरिएको थियो ।

श्री चण्डी प्रसाद गण बीरगंजका प्रमुख श्रीजन बहादुर मल्लको नेतृत्वमा स्वास्थ्य शिविरको आयोजना गरिएको शिविरमा स्वास्थ्य परीक्षण गराउन महिला र बालबालिकाको बढी सहभागिता रहेको थियो ।

शिविरमा हाडजोर्नी, ढाड दुख्ने, छालाका रोगीहरु बढी देखा परेका थिए । शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि समेत बितरण गरिएको थियो । क्लिनिक नेपालको संस्था, सेना तथा भरतपुर अस्पतालले संयुक्त रुपमा औषधी व्यवस्था गरेका थिए ।

गणका प्रमुख मल्ले नागरीक सैनिक सम्बन्धलाई प्रगाढ बनाउने र जनताको सेवा गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनु भयो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी