• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

उपभोक्त समितिले पुरानो रिसिबीका कारण, घर भत्काएर दुख दिएको आरोप,

img

राजविराज। सप्तरीको अग्नी कृष्ण सवरण गाउँपालिका ४ स्थित टेङ्गगरीमा बाटो फराकिलो गर्ने क्रममा नमरि जग्गामा बनाइएको घर शनिवार भत्काइएको एक ब्यक्तिले आरोप लागाएका छन ।

स्थानिय देवनारायण यादवको नमरि जग्गामा बनाइएको घर पुरानो रिसिबीका कारण डगहर बाटो पराकिलो गर्ने क्रममा घर भत्काएको पिडित यादवले बताउनुभयो ।

अहिले जिल्लाको बिभिन्न गाउँपालिका र नगरपालिकामा बिकासीय कार्य भइरहेको अवस्थामा बाटो फराकिलो गरी बाटो घाटो बनाउने क्रमजारी रहेका बेला यादवको नमरि जग्गमा बनाइएको एउटा घर टहरा भत्काउदा निजको घर भित्र रहेको दुई वटा कुर्सी,दुई थान सुत्ने खाट, एक थान मोवाईल र एक थान पंखा लगाएतका क्षति भएको पिडित यादवले जानकारी दिनुभयो ।

साथै घरमा राखिएको रु ४७ हजार पैसा समेत हराएको पिडित यादवले आरोप लगाएका छन ।

सो गाउँपालिकामा बाटो बनाउन लागिएको उपभोक्त समितिका अध्यक्ष लक्षमी मण्डल, संचिव अरुण यादव तथा वडा अध्यक्ष तेजनारायण यादवको निर्दैशनमा मेरो घर पुरानो रिसिबीका कारण जेसीबि र स्थानिय प्रहरी प्रशासन लगाएर तोडफोड गरि पुर्ण रुपमा क्षति पु¥याएको पिडित यादवको गुनासो छ ।

यस बिषयमा प्रहरीलाई जानकारी दिएपनि प्रहरी पनि उनीहरुकै पक्षमा रहि उल्टै आफुहरुलाई नै झपारेको समेत उहाँले आरोप लगाएको छ ।

सोही वडामा पुल निर्माण सम्बन्धी गठीत उपभोक्त समितिका पद्धाधिकारीद्धारा किर्ते हस्ताक्षर गरी राष्ट्रिय बानिज्य बैक राजविराजबाट गैरकानुनि रुपमा रकम झिकेको बिषयमा करिब ६ महिना अगाडी पिडित यादवले खोला पुल उपभोक्त समितिका अध्यक्ष बैधनाथ यादव र कोषध्यक्ष उमदादेवी यादव बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा छानबिन गर्न माग गर्दै उजुरी दिएको थियो ।

 

 

त्यति बेला खोला पुल उपभोक्त समितिका देवनारायण यादव सचिव थिए ।

सोही बिषयलाई लिएर मलाई केही जानकारी नदिई मेरो घर टहरा भत्काएको पिडित यादवले गुनासो गरेका छन ।

यसैबिच यस बिषयमा वडा अध्यक्ष तेजनारायण यादवले भने सुचना दिएर बाटो घाटो फरार्किलो गर्ने गरेको बताउनुभएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी