भुपदेव माली,सप्तरी । सप्तरीको वोदे वसाइन नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको कार्यकर्ता भेला सम्पन्न भएको छ ।
कार्यक्रममा राजपा नेपालका अमरेन्द्र प्रसाद यादवका अध्यक्षता संचालित भेलामा प्रमुख अतिथि केन्द्रिय बरिष्ठ उपाध्यक्ष मृगेन्द्र प्रसाद सिंहले गरेका थिए ।
भेलामा सप्तरी जिल्लाका बिभिन्न गाउपालिका, नगरपालिकाका सदस्यहरुका जमात २०० जना सहभागीता रहेका थिए ।
सो कार्यक्रममा स्थानिय तहका सम्पूर्ण नगर समिति तथा वडा समिति गठन गर्ने उद्देश्य लगाएत बिषयबस्तु माथि छलफल गरी निर्णय गरेको पार्टी कार्यकर्ता दिनेश यादवले बताए ।
कार्यक्रममा आफना कार्यकर्तालाई सम्बोधन गर्दे सिंहले भने हाम्रो पार्टीको संगठन नगर र वडा स्तरमा छिटो भन्दा छिटो गठन गरी आम जनताको गुनासो समस्या बुझी समाधान गर्ने निर्देश सहित मन्तव्य व्यक्त गरेका थिए ।