• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मनोसामाजिक परामर्श सम्बन्धी तीन दिने तालिम

img

राजविराज । सेभ द सप्तरीको स्पोन्सरशिप कार्यक्रम अन्र्तगत सप्तरीका प्राथमिक तहका शिक्षकलाई मनोसामाजिक परामर्श सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

राजविराजमा आयोजित सम्पन्न तालिममा बालबालिकको मनोबिज्ञान बुझेर अभिभावकलाई कसरी बुझाउने ,बालमनोबिज्ञान एवम बालबिकास सम्बनधी अध्यण तथा ज्ञान बारे जानकारी दिइएको तालिममा सहभागिहरुले बताएका छन ।

सेभ द चिल्ड्रेनको सहयोगमा आयोजित सो तालिममा जिल्लाको बिभिन्न राष्ट्रिय प्राथमिक बिद्यालय तहका २४ जना शिक्षक र शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

सेभ द चिल्ड्रनका बरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौलाको अध्यक्षतामा सम्पन्न तालिममा गोबिन्द राज कटेल र बुधी प्रसाद पाण्डेले सहजीकरण गर्नु भएको सेभ द सप्तरीका फिल्ड औफिसर घुरण यादवले जानकारी दिनुभयो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी