• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रदेश २ स्तरीय दलित सभा प्रारम्भ

img

सप्तरी । सिरहाको लहानमा प्रदेश २ स्तरीय दलित सभा शुक्रबारदेखि सुरु भएको छ ।

दलित समुदायका लागि सामाजिक न्यायसहितको समृद्धिका विषयमा छलफल गर्ने उद्देश्यले दलितहरुको सभा (भेला)प्रारम्भ भएको हो ।

सभाको पहिलो दिन मधेशी दलित र शिक्षा, स्वास्थ्य, मधेसी महिलाका सरोकार र समृद्धि र दलितका विषयमा व्याप्क छलफल गरिएकोे छ । भोला पासवान, ख्याम विश्वकर्मा, जेबी विश्वकर्मा, सञ्जु सरबरियालगायतले विषयगत रुपमा आफ्ना धारणाहरु राखे भने वरिष्ठ अधिवक्ता हिम्मत सिंह, लेखक चन्द्रकिशोर, प्रदेशसभा सदस्य सुनिता राम लगायतले टिप्पणी गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन शनिबार मधेसी दलितका लागि सकारात्मक विभेद र आरक्षण, राजनीतिक दलित प्रतिनिधित्वका विषयमा बृहत छलफल हुनेछ । शनिबार प्रदेश नम्बर २ का सरकारका प्रतिनिधि, प्रदेश सभाका सांसद र राजनीतिक दलका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिहरु पनि सहभागी हुने बताइएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी