काठमाडौं । नेपाल प्रहरीले ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका स्थानहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको जनाएको छ ।
सरूवा भएका निरीक्षकहरुको जेठ महिनादेखिकै तलब–भक्ता सरुवा भएकै दरबन्दीबाट दिने व्यवस्था मिलाउन प्रधान कार्यालयले सम्बन्धित निकायहरुमा पत्राचार गरेको छ ।
नियुक्तिका लागि सिफारिस गरिएकाहरुलाई उसले जेठ २७ गते बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालमा सहभागी हुनेसमेत सूचित गरेको छ ।
प्रहरी निरीक्षकहरुको सरुवा सूचिहरु :