भुपदेव माली, सप्तरी । ३ बर्षको युकेजीमा अध्ययनरत छात्र गौरभ चौधरीको स्वागत मन्तव्य द्वारा प्रदेश नं–२ का समाजिक विकास मन्त्री साहलाई स्वागत गरियो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा–३ पोर्ताहा स्थित सरस्वती शिशु सदन ई. बो. स्कूलमा आयोजित १८ औं बार्षिक पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजिक विकास मन्त्री नवलकिशोर साहलाई आयोजक बिद्यालयका युकेजीका छात्र चौधरीले आफनो स्वागत मन्तव्यले सवै अतिथिलाई प्रफूल्लित बनाए थिए ।
पुरस्कार वितरण कार्यक्रममा विद्यालयका संस्थापक सुरेश यादवको अध्यक्षतामा अतिथि नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, नगर उप–प्रमुख सरिता यादव ,अभिभावक तथा छात्र–छात्राहरु लगाइतका उपस्थिित रहेका थिए ।
कार्यक्रममा बिद्यालयमा उत्कृष्ट अंक प्राप्त गर्ने कक्षा १ देखि १० सम्मका बिद्यार्थीहरु लाई प्रमुख अतिथि र बिशिष्ट अतिथि द्वारा पुरस्कार वितरण गरेका थिए । कार्यक्रमलाई आकर्षक पार्नका लागी छात्र–छात्राहरु द्वारा नृत्य एवं गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्त्री साहले आयोजकलाई सराहनीय दिदैं भने अव एक महिना भित्रै भारदह बजारलाई बिकासको कामले झिलिक्क–मिल्कि पार्ने र भारदहमा अधिकार प्राप्तीका लागी मधेश आन्दोलनमा सहादत भएका राजिव राउत लागाइत सबैका सहिदका प्रतिमा स्थापित गर्ने प्रतिबद्घता जाहिर गरेका थिए ।
शैक्षिक क्षेत्रका कार्यक्रम भएकाले साहले शिक्षा लाई गुणस्तर बनाउने निति, नियम हाम्रो सरकार अपनाउने सकेको र छिटो भन्दा छिटो सवै स्थानिय तहमा लागु गर्ने समेत बताएका थिए ।