• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

मुटु रोगको उपचारमा नोबेलको छलाङ्ग मोफसलमै पहिलो पटक सुरु गरियो ईपी ल्याब (भिडियो रिपोर्ट)

img

बिराटनगर । मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ । राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी सम्बन्धि रोगको दिगो उपचार थालेको हो ।
मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव हुँदा बर्षौंदेखि नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता थियो । यसअघि राजधानीको गंगालाल अस्पतालमा मात्र यो ल्याव रहेकाले उपचारका लागि महिनौ कुर्नुपर्ने समस्या थियो । तर, अव नोबेलले ईपी ल्याव सञ्चालन गरेपछि मुटुको चाल बढेर समस्या झेल्दै आएका बिरामीले सहज रुपमा उपचार पाउँने नोबेल अस्पतालका डा.राजेश नेपालको भनाई छ ।

सामान्य मानिसको मुटुको चाल ६० देखि १०० सम्म हुन्छ । तर, कतिपयको चाल २०० सम्म पुगेर दैनिक जिवननै प्रभावित हुने गर्छ । धेरै मानिसमा देखिने यो समस्याका कारण अत्याधिक मुटु दुख्ने, चक्कर लाग्ने, बेहोस होलाजस्तो हुने, वाकवाकी लाग्ने जस्ता समस्याले पीडा झेल्दै आएका हुन्छन् । सधै समस्या भईरहने र सहज उपचार नपाउँने समस्याका कारण यस्ता बिरामीले सस्ती बेहोर्दै आएका छन् । गंगालालले २०६१ सालमा ईपी ल्याव सुरु गरेपनि दक्ष जनशक्ति अभावले १४ बर्षसम्म पनि अन्य अस्पतालमा यो सेवा सुरु नभएको चिकित्सकहरु बताउँछन् । नोबेलले दक्ष जनशक्तिको ब्यवस्थापन गरी अमेरिकन मेसिन ल्याएर ईपी ल्याव सुरु गरेपछि बिरामीहरुबाट सकारात्मक प्रतिक्रिया आएकाले आफुहरु उत्साहित बनेको नोबेल अस्पतालका सञ्चालक डा।सुनिल शर्माको भनाई छ ।
नोबेलमा पहिलो दिननै ६ जनाले ईपी ल्यावबाट उपचार गराएका छन् । बिपन्न नागरिक औषधि उपचार कोषमार्फत पनि नोबेलले उपचार गर्दै आएकाले बिपन्न नागरिकले ईपी ल्यावबाट निःशुल्क उपचार पाएका छन् । लामो समयदेखि औषधि सेवन गर्दै आएका बिरामीले आफ्नै ठाउँमा ईपी ल्यावबाट सहजै उपचार पाउँदा बर्षैदेखिको पीडाबाट मुक्ति मिलेको भन्दै खुःशी ब्यक्त गरेका छन् ।


स्तरीय उपचारलाई प्राथमिकता दिदै आएको नोबेलले यसअघि २ अर्व ४० करोड लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी जटिल रोगको पनि सहजै उपचार गर्दै आएको छ । नोबेललाई स्तरीय उपचारमा उदाहरणीय बनाउँदै सवै बर्गका बिरामीको रोजाईको केन्द्र बनाउँन आवश्यकता अनरुप सेवामा स्तरीयता बढाउँदै लगिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

img

Share: