• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सेभ द सप्तरीद्धारा २५० बालबालिकालाई झोला बितरण

img

सप्तरी, ४ असार । सेभ द सप्तरीको स्फोन्सरशिप कार्यक्रम अन्र्तगत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित सडेपारको एउटा बिद्यालयमा सोमबार बालबालिकालाई झोला वितरण गरेको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका ८ सडेपारस्थित राष्ट्रिय प्राथमिक बिद्यालयमा आयोजित कार्यक्रममा सो बिद्यालयमा अध्यनरत १३५ जना छात्र–छात्रालाई झोला,पाँच थान कापी,पाँच थान डटपेन लगायतका सामाग्री बितरण गरिएको सेभ द सप्तरीका सामुदायिक परिचालक जितेन्दं्र देवले जनकारी दिनुभयो ।

वडा अध्यक्ष लक्षमी खंगको प्रमुख अतिथिय तथा बिद्यालय ब्यवस्थापनको अध्यक्ष नुनु यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष धुव्र देव,तिलाठी कोइलाडी गउँपालिकाका वडा नं. ७ का अध्यक्ष गुलाव प्रसाद सिँह, श्रीजनता मावि तोपाका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष राधेश्याम यादव लगायतका वक्तहरुले मतब्य दिएको थियो । यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित राप्राबी बगोबिन्दपुरमा समेत झोला बितरण गरेको छ ।

सो बिद्यालयमा अध्यनरत करिब ११५ जना छात्र–छात्रालाई प्रत्येकलाई एक थान झोला,पाँच थान कापी,पाँच थान डटपेन बितरण गरिएको सेभ द सप्तरीका फिल्ड ओफिसर घुरण यादवले जानकारी दिनुभयो ।

कर्यक्रमम भने बिद्यालय प्रअ बलदेव मुख्याको अध्यक्षतामा सम्पन्न भएको थियो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी