• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कोशी ब्यारेजको पुलमा ठोक्किएर, घटनामा दुई जनाको मृत्यु

img

सप्तरी,६ असार। सप्तरीको कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खसेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख तेज बहादुर श्रेष्टले न्यूज वन नेपाललाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा डोजर चालक बराहा नगरपालिका.१ का बिनोद बराइली र ट्रक चालक सुनसरी रामधुनी नगरपालिका.१ झुम्काका घनश्याम चौधरी छन् ।

श्रेष्टका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो । घटनामा ९ जनालाई उद्दार गरिएको थियो ।

तर, २ जनालाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।

img

Share: