• img
  • img
img img img
Categories
कृषि समाचार

नेपाल र भारतबीच कृषि क्षेत्रको विकासका लागि आधा दर्जन समझदारी

img

काठमाडौं । भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले भारतले नेपालको कृषि क्षेत्रको विकासका लागि आधा दर्जन क्षेत्रमा सहयोग गर्ने समझदारी गरेको जानकारी गराएका हुन् । भारतमा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागी भई शुक्रबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ कृषि अनुसन्धान विश्वविद्यालय स्थापनाका लागि भारतले सहयोग गर्ने लगायतका सहमति गरिएको बताउनु भएको हो ।

समझदारीमा नेपालको कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि, रोजगारी सृजना, कृषि उपजको बढदो आयात प्रतिष्थापन गर्न भारतीय पक्षले कृषिमा नयाँ साझेदारीका सम्भावनाहरु खोज्न सहमति भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भएको छलफल अनुसार मन्त्री खनाल र भारतीय समकक्षीबीच नेपालको कृषि क्षेत्रको विकासका सहमति गर्ने समझदारी भएको हो । सोही सहमतिलाई एक महिनाभित्र कार्यान्वयनमा लैजाने गरी तयारी गर्ने निर्णय पनि गरिएको मन्त्री खनालले बताए ।

समझदारी अनुसार भारतले कृषि अनुसन्धान परिषदलाई अनुसन्धानमूलक विश्वविद्यालय बनाउनका लागि आवश्यक सहयोग गर्नेछ । त्यसैगरी अर्गानिक खेती, प्राङगारिक मलको प्रयोग र करेन्टाईन चेकपोष्ट स्थापनाका बारेमा पनि सहमति गरिएको छ । करेन्टटाईन नेपालको ४ वटा ठाउँमा स्थापना गर्ने सहमति गर्न पनि भारत सहमत भएको मन्त्री खनालले जानकारी दिए । मन्त्री खनालले अदुवामा हुने निकासीको समस्या तत्काल समाधान गर्न पनि भारतीय पक्षसँग आग्रह गरिएको पनि स्पष्ट पारे ।

img

Share: