• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

निषेधाज्ञा हट्दैन, काठमाडौंमा मेडिकल कलेज खोल्न रोक लगाइन्न : ओली

img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाको माइतीघर मण्डला लगायतका स्थानमा जारी गरिएको निषेधाज्ञा नहट्ने प्रष्ट पारेका छन् ।

साथै डा. गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारे । जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।

प्रदेश २ को विकास निर्माणबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसदहरु बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री ओलीले प्रदेश २ को विकाससँगै समग्र राजनीतिक परिस्थितिबारे सांसदहरुलाई जानकारी गराएका छन् ।

उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारेका छन् ।

आमरण अनसनरत डा. केसी जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी भएको भन्दै उनले सबै आआफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् । सबै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको सोत रहेको भन्दै उनले भने, ‘तर, एउटा व्यक्तिले भन्दैमा काठमाडौंमा मेडिकल कलेज खोल्न रोक लगाउन सकिन्न ।’

उनले राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।

कांग्रेसतर्फ लक्षित गर्दै उनले कुनै व्यक्तिलाई अगाडि सारेर मुद्दा बनाएको भरमा सरकारले स्वीकार नगर्ने बताए । साथै हिजो आफू सरकारमा हुँदा के गरिएको थियो भन्ने हेक्का राख्न पनि आग्रह गरेको सांसद सुमनराज प्याकुरेलले बताए ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपाली अभियानमा अवरोध स्वीकार्य नभएको बताएको नेकपाका अर्का सांसद रामेश्वर राय यादवले जानकारी दिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी