• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

संविधान संशोधन गर्न सरकारलाई दवाव दिने निर्णय : राष्ट्रिय जनता पार्टी

img

काठमाडौं।सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । पार्टीको अध्यक्ष मण्डलको आइतबार बसेको बैठकले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर दबाब दिने निर्णय गरेको हो ।

संविधान संशोधन गर्ने कि नगर्ने भनेर सरकारको ठोस धारणा माग गर्न भोली प्रधानमन्त्री ओलीसँग भेट गर्ने निर्णय गरिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा टुंगोमा पुग्न पनि संविधान संशोधन गर्ने विषयमा सरकारको ठोस धारणा माग गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।

बैठकले संसद र संसदीय गतिविधिलाई समिक्षा गर्न सोमबार सिंहदरबारमा साढे ११ बजे पार्टी संसदीय दलको बैठक पनि बोलाउने निर्णय गरेको छ । त्यसैगरी पार्टीको भातृ संगठनहरुको नामाकरण गर्ने निर्णय पनि गरिएको नेता यादवले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी, नेपालले जिल्लाहरुमा पार्टीको कामलाई प्रभावकारी बनाउन सबै जिल्ला अध्यक्षहरुलाई सोमबारभित्र लिखित निर्देशन दिने निर्णय पनि गरेको छ । जिल्लाका पार्टी संगठनहरुको रिक्त पद समेत पूर्ति गर्नेगरी पार्टीको कामलाई प्रभावकारी बनाउन जिल्ला अध्यक्षहरुलाई लिखित निर्देशन दिने निर्णय गरिएको पार्टीका नेता यादवले बताए ।

img

Share: